Friday, January 17, 2025

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको छ । देशका सानाठूला नदीहरूमा पानीको बहाव दैनिक बढ्दो क्रममा छ । वर्षासँगै बहाव बढेको हो । आज केही साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

यस दिन झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, तनहुँ, स्याङ्जा, पाल्पा, कास्की, पर्वत, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कैलाली, कञ्चनपुर र डडेलधुरा भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । यी जिल्ला भई बहने केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार अबका तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो हुनेछ । तिनाउ र यसका सहायक तथा त्यस आसपास भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा पनि भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहनु साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ ।

तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
पूर्वका जिल्लामा आज बाढीको जोखिम, पाँच प्रदेशमा पानी पर्ने
पूर्वका जिल्लामा आज बाढीको जोखिम, पाँच प्रदेशमा पानी पर्ने
असार २८, २०८० बिहिबार

आज केही प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना
आज केही प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना
असार २७, २०८० बुधबार

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक, हल्का देखि मध्यम वर्षा
मनसुनको न्यून चापीय रेखा नेपाल नजिक, हल्का देखि मध्यम वर्षा
असार २६, २०८० मंगलबार

असार २८, २०८० बिहिबार

सीआईबीको अनुसन्धानः सानालाई धरपकड, ठूलालाई उन्मुक्ति !
सीआईबीको अनुसन्धानः सानालाई धरपकड, ठूलालाई उन्मुक्ति !
नेपालबहस संवाददाता

असार २७, २०८० बुधबार

समाचार प्रभाव: “हाउसमेड” मा कुवेत जान हिँडेका महिलासहित ११७ जना विमानस्थलबाट फर्काइए
समाचार प्रभाव: “हाउसमेड” मा कुवेत जान हिँडेका महिलासहित ११७ जना विमानस्थलबाट फर्काइए

Previous article
Next article
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सत्ता साझेदार एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक शुक्रबार बस्दैछ। कीर्तिपुर नगरपालिकामा पर्ने पुष्पलाल स्मृति पार्कमा बिहान ११ बजे सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।आज बस्ने सचिवालय बैठकमा पार्टीले यसअघि सञ्चालन गरेको अभियानको समीक्षा हुने उनले बताए।‘पार्टीको अभियानको समीक्षा गर्ने कार्यसूची रहेको छ। त्यस्तै केही साथीहरूले पार्टी छाडेर जानु भएको छ। उहाँहरूको जिम्मेवारीमा रहेका ठाउँहरूको पनि पूर्ति गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसका अतिरिक्त अहिलेको राजनीतिक परिस्थितिबारे पनि छलफल हुन्छ।एकीकृत समाजवादीमा अहिले बागमती र लुम्बिनीका प्रदेश इन्चार्ज छैनन्। आज बस्ने बैठकले त्यसको पूर्ति गर्ने उनले बताए।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles