। एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको छ ।पाकिस्तान ‘ए’ विरुद्ध कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले सबै विकेट गुमाउदैँ १८० रनको लक्ष्य दिएको हो ।नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रन जोड्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । प्रतिश जिसीले पनि २६ रन जोडे । यी दुईले नवौँ विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।
१० औं विकेटका लागि पनि सोमपालले ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । त्यसअघि नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे।
कुशल मल्लले पनि १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौँ विकेटका लागि २८ रनको साझेदारी भएको थियो । पाकिस्तानका सहनवाज दहानीले ५ र मुहम्मद वासिमले ४ विकेट लिए। सोमपालले एक सय १ बलमा २ छक्का र ९ चौका प्रहार गरेका थिए ।

