Sunday, June 29, 2025

रौतहट मा धारिलो हतियार प्रयोग गरि एकपुरूषको हत्या भएको छ । जिल्लाको देवाहीगाेनाही नगरपालिका-६ कर्कच कर्मैया बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयाेग भई हत्या भएको प्रहरीले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साहले दिएको जानकारी अनुसार साह शुक्रबार बिहान घरमै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । साहको हत्या कसले र किन गर्याे ? यसबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Previous article
Next article
सात राजदूत नियुक्तिको तयारी, को-को छन् दाबेदार ?। सरकारले रिक्त रहेका ७ देशमा राजदूत नियुक्त गर्ने तयारी गरेको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ती मध्ये हाल दुई कुटनीतिक नियोग र पाँच दूतावास नेतृत्वबिहीन छन् ।न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग, युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा राजदूत नियुत्किा लागि सिफारिस गर्ने तयारी गरेको हो ।न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई, युनाइटेड अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल, क्यानडाका भृगु ढुंगाना, कुवेतका दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि राजदूत दीपक अधिकारीको कार्यकाल सकिएर स्वदेश फिर्ता भइसकेका छन् ।परराष्ट्र मन्त्री एनपी साउदका अनुसार आगामी बस्ने मन्त्रिपरिषद्को बैठकबाट राजदूतसँगै नयाँ परराष्ट्रसचिव नियुक्ति प्रक्रिया अघि बढाउने तयारी भइरहेकोे छ ।कार्यकाल सकिएर स्वदेश फर्केका सबै परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । अब सातै स्थानमा परराष्ट्रका सहसचिवहरूको नियुक्तिका लागि सरकारले सिफारिस गर्न लागेको हो ।परराष्ट्रमा राजदूतका लागि सहसचिवहरू लोकबहादुर थापा, धनबहादुर ओली, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, प्रकाशमणि पौडेललगायत दाबेदार छन् ।परराष्ट्रसचिव भरतराज पौड्याललाई न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिका लागि सिफारिस गर्ने सरकारको तयारी छ । राजदूतहरूको सिफारिस गरेपछि संसदीय समितिले उनीहरूको सुनुवाइ गर्ने र समितिको स्वीकृतिपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles