Friday, January 17, 2025

५ लाख घुसहित पक्राउ परेका धुनषा मालपोतका निमित्त प्रमुख भ्रष्टाचारी ठहर -:

ताजा / भरखरै प्राप्त

पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ठहर भएका छन्। विशेष अदालतले भ्रष्टाचार मुद्दामा झालाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो। उनको सजाय निर्धारण हुने भने बाँकी नै रहेको छ।

झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुसहित पक्राउ गरेपछि २०७९ वैशाख १६ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएको अख्तियारले जनाएको थियो।

Previous article
अवैध लागूऔषधसहित पक्राउधादिङ, गजुरी गाउँपालिका-८ चालिसेबाट अवैध लागूऔषध गाँजा १० केजीसहित सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय रविन दोङ तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित पोलप्लान्ट अगाडी सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-२० बस्डिल्वा बस्ने २७ वर्षीय अजय राउत अहीर र पर्सा सुगौली गाउँपालिका-२ बस्ने ३१ वर्षीय मेघराज यादव रहेका छन् । उक्त सडकमा ना.५१ प ८३३९ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाई ल्याएको गाँजा बीआर ०५ जेड ८५११ नम्बरको मोटरसाइकलमा ट्याङकी सहित बदल्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles