Sunday, April 20, 2025

५ लाख घुसहित पक्राउ परेका धुनषा मालपोतका निमित्त प्रमुख भ्रष्टाचारी ठहर -:

ताजा / भरखरै प्राप्त

पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ठहर भएका छन्। विशेष अदालतले भ्रष्टाचार मुद्दामा झालाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो। उनको सजाय निर्धारण हुने भने बाँकी नै रहेको छ।

झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुसहित पक्राउ गरेपछि २०७९ वैशाख १६ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएको अख्तियारले जनाएको थियो।

Previous article
कुटपिट गरी आफ्नै नातीको हत्या गरेको अभियोगमा पक्राउबैतडी, आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।गणेशले रेशम र अर्का ८ वर्षीय नाती समेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएकोमा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो । घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको हो ।साभार ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles