Friday, January 17, 2025

कुन प्रदेशको बजेट खर्च कति ?

ताजा / भरखरै प्राप्त

चालु आर्थिक वर्ष २०७९–८० को बजेट खर्च विवरण हेर्दा केन्द्र सरकारमा जस्तै प्रदेशसरकारहरुमा पनि बजेट खर्चको अवस्था निराशाजनक देखिएको छ । जसमध्य कोसी प्रदेशले कुल ३७ अर्ब ७६ करोड बजेटमध्ये २४ असारसम्ममा यसको ८२ प्रतिशत खर्च गरेको छ । त्यस्तै मधेस सरकारले कुल बजेट ४७ अर्ब २४ करोडको ६४ प्रतिशत खर्च, गण्डकी प्रदेशको ३५ अर्ब ९१ करोडको बजेटमा ६६ प्रतिशत खर्च, बाग्मति प्रदेशले ७० अर्ब ९३ करोड २२ लाखको बजेटमा ६७ प्रतिशत खर्च, लुम्बिनी प्रदेशको ४२ अर्ब ६३ करोड ५७ लाखको बजेटमा ७२ प्रतिशत बजेट खर्च, कर्णाली प्रदेशको २२ अर्ब २८ करोडको बजेटमा ६८ प्रतिशत खर्च, र सुदूरपश्चिम प्रदेशको २४ अर्ब १५ करोडको बजेटमा करिब ६९ प्रतिशत खर्च भएको छ । यसमा सबैभन्दा धेरै बजेट खर्च कोसी प्रदेशको देखिन्छ भने सबै भन्दा कम मधेस सरकारको देखिन्छ ,!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles