दरखास्त फाराम कम्पनीको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । निर्दिष्ट स्थानमा पासपोर्ट साइजको फोटो टाँस गरी आफूले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्रहरू स्वयं प्रमाणित गरी यो सूचना प्रथम पटक गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वरस्थित मानव श्रोत विकाश शाखामा बुझाउन आह्वान गरिएको छ ।
परीक्षा दस्तुर नबिल बैंक लिमिटेडको चल्ती खाता नं. ०२०१०१७५०१६१६ मा जम्मा गरी दरखास्त साथ दुई प्रति भौचर संलग्न गर्नु पर्नेछ । दरखास्त दिने अन्तिम मिति पछि ७ दिन सम्ममा दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा कार्यालय खुलेको अर्को दिनसम्म दरखास्त बुझाउन सकिनेछ ।
उमेरको हकमा अधिकृत स्तरको सातौँ, आठौँ र नवौँ तह पदको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, छैटौँ तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला र अपाङ्गता भएका व्यक्तिको लागि ४० वर्षको उमेरसम्म उम्मेदवार हुन सक्ने छन् ।
यस कम्पनीको कर्मचारी प्रशासन विनियमावली, २०६४ ( दसौँ संशोधन सहित) विनियम १८ मा व्यवस्था भए अनुसार परिक्षणकाल हुनेछ । तलब स्केल र अन्य सुबिधा यस कम्पनीको नियमानुसार हुनेछ । प्रत्येक सेवा अन्तर्गत खुला र समावेशी प्रतियोगिताका आधारमा लिइने परीक्षाहरू संयुक्त रूपमा एकै पटक एकै सिटिङ्गमा लिइने छ ।
समावेशी समुह भित्र फाराम भर्ने उम्मेदवारहरूले विज्ञापन अनुसारका प्रत्येक समुहका दरखास्त फारामको पहिलो पाना छुट्टा छुट्टा भर्नु पर्नेछ, तर रोल नम्बर र प्रबेश पत्र भने एउटै मात्र प्रदान गरिनेछ ।
उम्मेदवारले प्रवेशपत्रमा आफु उम्मेदवार हुने समूहहरूको विवरण निर्धारित ढाँचामा अनिवार्य रूपले खुलाउनु पर्नेछ। अन्यथा परीक्षामा समावेश गराइने छैन। एक भन्दा बढी समूहमा फाराम भर्ने उम्मेदवारले आफूले पेस गर्ने आवश्यक प्रमाणहरूको प्रत्येकको एक/एक प्रति मात्र बुझाए पुग्नेछ ।
दरखास्त पेस गर्ने उम्मेदवारहरूले सूचनामा तोकिए बमोजिमको परीक्षा दस्तुर बापतको रकम तोकिएको म्याद भित्र र म्याद नाघेको ७ दिनसम्ममा दोब्बर परीक्षा दस्तुर रकम नबिल बैंकस्थित चल्ती खाता नं. ०२०१०१७५०१६१६ मा जम्मा गरेको सक्कल भौचर दुई प्रति सहित दरखास्तसाथ पेस गर्नु पर्नेछ। समावेशी तर्फको आवेदन भर्ने उम्मेदवारहरूले प्रत्येक समावेशीमा परीक्षा दस्तुरको ५० प्रतिशत थप रकम बुझाउनु पर्नेछ । परीक्षा सम्बन्धी कार्यक्रम पछि गोरखापत्रमा प्रकाशित गरिनेछ ।

