Monday, February 17, 2025

गौर हत्याकाण्ड डेढ दशकभन्दा बढी

ताजा / भरखरै प्राप्त

दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
गौर- गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्यायको प्रत्याभूतिको माग गर्दै रौतहटको गौरमा प्रदर्शन गरिएको छ।प्रदर्शनकारीले त्यस हत्याकाण्डका पीडितहरूले जाहेरी दर्ता गराएको डेढ दशकभन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्दालाई ओझेलमा पारेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
प्रदर्शनकारीहरूले हत्याकाण्डका प्रमुख नाइके उपेन्द्र यादव भएको भन्दै उनको गिरफ्तारीको माग गर्दै नगर परिक्रमा गरेका थिए। साथै, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएका छन्।
गौर हत्याकाण्ड पीडित संघर्ष समितिद्वारा बुझाइएको ज्ञापनपत्रमा संघर्षका विभिन्न कार्यक्रमको जानकारी गराइएको छ। जसअनुसार, अन्तर्रिया, धर्ना, र्‍याली तथा अनिश्चितकालीन रौतहट बन्दका कार्यक्रम तय गरिएको छ।ज्ञापनपत्रमा अपराधीहरु खुल्लमखुला घुमिरहेको देख्दा पीडितहरुलाई अझ बढी पीडा बोध भएको उल्लेख छ। पीडितलाई न्यायको प्रत्याभूति गर्न भनिएको छ।

२०६३ चैत ७ मा तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमबीच गौरस्थित राइस मिल्स चौरमा कार्यक्रम आयोजना गर्ने दम्भबीच भएको झडपमा २७ जनाको मृत्यु भएको थियो। पछि थप एक जनाको मृत्यु भएको थियो।
राष्ट्रिय मानवअधिकार आयोगले सो घटनालाई जघन्य अपराध भएको ठहर गरेको छ। आयोगले सार्वजनिक गरेको विस्तृत अध्ययन प्रतिवेदनमा केहीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सिफारिस गरेको छ।
आयोगले उक्त घटनालाई नियोजित, मनसाययुक्त र क्रुर भएको ठहर गरेको छ। आयोगले मृतक र घाइतेहरुको पनि सूची सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक योगेश्वर रोमखामी र मानव अधिकारको उल्लंघन हुनबाट रोक्ने जिम्मेवारी पूरा नगर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझा, तत्कालीन प्रहरी उपरीक्षक रामकुमार खनाल, सशस्त्र प्रहरी नायव उपरीक्षक धर्मानन्द सापकोटा र नायव उपरीक्षक कामाख्या नारायण सिंहलाई सेवामा नै बहाल रहेको अवस्था भएमा विभागीय कारबाही गर्न सिफारिस गरेको छ।साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles