दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- ८ सौडीकुलाका २६ वर्षीय अनिल नेपाली छन् ।गत बिहीबार १८ वर्षीया किशोरीलाई रोल्पाबाट ललाइ फकाइ ल्याएर आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा युवकलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।पीडितले दिएको उजुरीको आधारमा नेपालीलाई आइतबारराति पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएपसी गौतमले बताए ।
