Monday, February 17, 2025

वीरगञ्जको अलौमा १६ शै्याको अस्पताल शिलान्यास

ताजा / भरखरै प्राप्त

साउन २ वीरगञ्ज_ वीरगञ्ज महानगरपालिकाको वडा १७ अलौँमा १६ शै्याको अस्पताल शिलान्यास गरिएको छ । महानगरका मेयर राजेशमान सिंहको उपस्थितिमा वडाअध्यक्ष सन्जिब बहादुर क्षेत्रीले मंगलबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गर्नुभएको हो । महानगरले स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेको भन्दै त्यसै अनुरुप ग्रामिण क्षेत्रमा पर्ने १७ नम्वर वडामा अस्पताल बनाउन लागिएको मेयर सिंहले बताउनुभयो ।

ग्रामिण वडामा यसै आर्थिक वर्षदेखि विशेषज्ञ सेवा दिन सुरु गरिने भन्दै उहाँले त्यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना अन्तिम चरणमा पुगेको बताउनुभयो । वडा नम्वर १७ मा सामान्य सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकी रहेकोमा यसै वर्ष भित्र निर्माण सम्पन्न हुने गरि अस्पताल बनाउने काम सुरु गरिएको हो । १ करोड २० लाख रुपैयाँमा १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । अस्पतालमा विशेषज्ञ चिकित्सक, नर्स सहितको सुविधासम्पन्न सेवा उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित
एक लाख रुपैयाँभन्दा बढीको लेनदेन नगदमा गरेमा त्यो अवैध ठहरिने

साउन ३ काठमाडौं__ एक लाख रुपैयाँभन्दा बढीको लेनदेन नगदमा गरेमा त्यो अवैध ठहरिने भएको छ…

भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान

साउन ३ गुजरात_ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग…

हुलाक कार्यालय खारेज नगर्न सर्वोचकाे आदेश सँगै काममा जुटे कर्मचारी

रन्धिर साह साउन ३ रौतहट_ नेपाल सरकारले गरेको हुलाक कार्यालय खारेजको निर्णयलाई सर्वोच अदालतले खारेज…

रौतहटको कर्कचमा एकैदिन तीन घरमा चोरी,स्थानीय बासिन्दाहरु त्रसित

एक लाख रुपैयाँभन्दा बढीको लेनदेन नगदमा गरेमा त्यो अवैध ठहरिने

भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान

हुलाक कार्यालय खारेज नगर्न सर्वोचकाे आदेश सँगै काममा जुटे कर्मचारी

रौतहटको कर्कचमा एकैदिन तीन घरमा चोरी,

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles