Tuesday, January 21, 2025

सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ :-

ताजा / भरखरै प्राप्त

जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ पनि गरेको छ ।इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायका अनुसार पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् ।
घटना शुक्रबार मध्य रातिको हो । डिएसपी रायका अनुसार उनीहरुले ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको स्वीकारेका छन् ।आइतबार परिवारले किटानी जाहेरी दिएको आधारमा सोमबार तीनजना र आज मंगलबार एकजना गरी चारैजनालाई नियन्त्रणमा लिएको डिएसपी रायले जानकारी दिए ।उनका अनुसार यस घटनका मुख्य योजनाकार पक्राउ परेका कैलाश पोखरेल हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous article
Next article
ललिता निवास प्रकरण : बुधबार पनि सुनुवाइ हुनेललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो ।उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।साभार ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles