यसअघि गत जेठ १८ गते प्रति तोला १ लाख १३ हजार ३ सय रूपैयाँको उच्च मूल्य रेकर्ड रहेको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रति तोला ५ सय रूपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धि दर उच्च देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे २ महिनाअघिको रेकर्ड तोड्न सकेको छैन भने नेपालमा यसअघिका सबै मूल्य रेकर्ड तोडिएको छ । साढे २ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारी रहेको सुनको मूल्य २० दिनअघि १९ सय डलर हाराहारीमा झरेको थियो । हाल भने प्रतिऔंस १९८५ डलर हाराहारीमा छ ।
चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड बनाइरहेको छ । मंगलबार प्रति तोला १४८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रूपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएको महासंघले जनाएको छ ।
