Thursday, January 2, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र प्रहरीको मिलेमतोबाट बाहिरिएको सुन मंगलबार साँझ राजश्व अनुसन्धान विभागले बरामद गर्न सफल भएको छ । तीन महिना अघि खुलेको एक कम्पनीको नामबाट ल्याइएको सुनलाई चिनियाँ, नेपाली र भारतीय व्यापारीको मिलेमतोमा भारततर्फ लैजान लागिएको सुनलाई मंगलबार बेलुकी पख विभागको टोलीले बरामद गरेको हो ।

ताजा / भरखरै प्राप्त

मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भनेर ल्याएको सामानमा टासेर सुन ल्याइएको थियो । विभाग स्रोतका अनुसार करिब ९० देखि १०० किलो सुन नेपाल ल्याइएको हो । ‘ब्रेक शुको तौलचाहि करिब १ सय ५० किलो भन्दा बढी छ’, स्रोतले भन्यो । विभागले मंगलबार साँझ होल्ड गरेको र बुधबार दिउँसोबाट अप्रेशन शुरु गरेको थियो । त्यो अप्रेशन राती अबेरसम्म चलेको थियो । सो अप्रेशनबाट ठूलो परिणाम सुन बरामद भएको हो । चिनबाट हङकङ हुँदै नेपाल आएको थियो ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार मंगलबारबाटै अप्रेशन सुरु भएको र बुधबार राती अबेरसम्म नै जारी रहेको थियो । ‘क्याथे प्यासिफिक’को प्लाइटमार्फत आएको उक्त सुन कार्गोमा थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा राखेर सुन नेपाल ल्याइएको थियो । ८० किलोभन्दा माथि होला हामी अझै अप्रेशनमै छौ’, महानिर्देशक ढुंगानाले नेपालबहससँगको कुराकानीमा भने । विभागको विशेष सूचनाका आधारमा टोलीले विमानस्थल भन्सारमा छापा मारेको थियो ।

सुनसँगै दुई जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ । एक जना भन्सार एजेण्ट र ट्याक्सी चालक राजेन्द्र राइलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन महिनाअघि खोलिएको कम्पनीको नाममा पटक पटक यस प्रकारको सामान आउने सूचना प्रहरी र विमानस्थल भन्सार कार्यालयलाई पनि थियो । तर उनीहरूले वेवास्था गरेपछि मंगलबार साँझ विभागका कर्मचारीहरू आफै गएर विमानस्थल बाहिरबाट बरामद गरेका थिए ।

स्रोतका अनुसार सुराकीको आधारमा विभागका कर्मचारीहरुले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा विमानस्थल गेट बाहिरबाट एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेपछि मात्रै विमानस्थल प्रहरी र भन्सारका कर्मचारीलाई जानकारी दिइएको थियो ।

अनुसन्धान विभागका एक कर्मचारीका अनुसार स्कुटरको पार्टसँगै जोडेर ल्याएका कारण परिणाम अझै एकिन हुन सकिरहेको छैन । ‘स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको छ, त्यसको तौल यकिन हुन सकेको छैन’, स्रोतले भन्यो । सुन तस्करीको वास्तविक मालिक भने पक्राउ परेका छैनन ।

विभागलाई बुधबार बिहानैबाट सुराकी आएको र आगमन कक्षबाट सुन बाहिरिएको अवस्थामा बरामद भएको स्रोतले जनाएको छ । एक्सरे मेसिनमा पनि सुनजस्तो वस्तु नदेखिएको तर सुराकीले स्कुटरको पार्टमा सुन राखेर ल्याएको सुराकी दिएपछि विभागका कर्मचारी मंगलबार नै भन्सार कार्यालयमा पुगेका थिए । स्रोतका अनुसार नेपाली व्यापारीहरु मध्यस्थकर्ता र चिनियाँ र भारतीय व्यापारीको मिलेमतोमा यो सुन तस्करी हुने क्रममा थियो । विभागले नेपाली व्यापारीहरूलाई पनि निगरानीका राखेको स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद
Previous article
प्रहरीमा उत्कृष्ट काम गर्ने कार्यालय सहयोगीदेखि एआईजीसम्म २४ जना पुरस्कृतनक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पुरस्कृत भएका छन् ।प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसीलाई नगदसहित पुरष्कृत गर्ने निर्णय गरेका हुन् ।विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरि निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, इमान्दार, व्यवसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्य सम्पादन गरेको भन्दै आइजीपी कुँवरले पुरष्कृत गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले जनाएको छ ।यो निर्णयले प्रहरी कर्मचारीमा सकारात्मक प्रभाव पर्ने प्रहरी प्रधान कार्यालयको विश्वास छ । आइजीपीबाट पुरष्कृत हुनेमा एआइजी मिरा चौधरी, डिआइजी बुद्विराज गुरूङ, सिआइबीकम एसएसपी दिनेश आचार्य देखि एसपी, डिएसपी, इन्सपेक्टर, प्रहरी हवल्दार र कार्यालय सहयोगीसम्म २४ जना छन् ।
Next article
पर्सा जिल्ला को बिरगंजमा साउन ३ गते :- नेपाल प्रहरी का श्रीमतीसंघ मधेश प्रदेशद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराई, बिशिष्ट अतिथी प्रहरी बरिष्ठ उपरीक्षक प्रविण पोख्रेल, कार्यक्रमका अध्यक्ष नेपाल प्रहरी श्रीमतीसंघ मधेश प्रदेशकी अध्यक्ष श्रीमती सरला भट्टराई र नेपाल प्रहरी श्रीमतीसंघ मधेश प्रदेशकी कोषाध्यक्ष श्रीमती समिला पोख्रेलद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको प्राङगणमा पर्सा प्रहरीमा रहेका वहालवाला प्रहरी कार्यालय सहयोगी देखि प्रहरी बरिष्ठ हवल्दारका कक्षा १ देखि कक्षा ५ सम्म ८० जना अध्ययनरत सन्ततीहरूलाई स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles