Monday, November 11, 2024

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउकञ्चनपुर, पुनर्वास नगरपालिका-५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-११ बेला बस्ने ३३ वर्षीय मान बहादुर रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतको खजुरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।रूपन्देही, मायादेवी गाउँपालिका-२ कचकचाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-१ बस्ने २४ वर्षीय राज कुमार दुसाध, ३० वर्षीय जगदिस कुर्मी, २७ वर्षीय राज कुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.२१ प ४७८९, लु.२४प २१२ र लु.२३ प ५८७० नम्बरका ३ मोटरसाइकल समेत बरामद गरेको छ ।काठमाडौं, काठमाडौं महानगरपालिका-१४ कलंकी सुनारगाउँ नजिक सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका-७ घर भएका १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१४ गंगा बस्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ ग्रामसहित सोही ठाउँ बस्ने भारत देवरिया पिपराथाना घर भएका ७० वर्षीय सुरेश कोईरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रही कार्यालय सिमरीबाट खटिएको प्रहरीले उनी बस्ने घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

ताजा / भरखरै प्राप्त

Previous article
डिएसपी र निरीक्षकलाई निलम्बनको मागनिरीक्षकले रबिन्द्र यादवलाई घुमुवाको रूपमा परिचालनकलैया । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी पुरूषोत्तम पाण्डे र निरीक्षक रूपेश साहलाई निलम्बन गर्नुपर्ने माग राख्दै सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेस र अर्को साझेदार दल नेकपा समाजवादीका नेताहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले यी दुई प्रहरी अधिकारीहरूको राजिनामालाई आफ्नो प्रमुख माग राखेर आन्दोलन शुरू गरेका हुन । बाराका प्रमुख जिल्ला अधिकारीलाई बुधबार ज्ञापनपत्र बुझाउंदै उनीहरूले राजिनामा नआए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सवारीसाधन दुर्घटना सम्बन्धि छलफल चलिरहेको बेला डिएसपी पाण्डे र निरीक्षक साहले छलफलमा सहभागी भएका नेपाली काङ्ग्रेसमा बारा जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका बारा उपसचिव ध्रुव यादवलाई कुटपिट गरि थुनामा राखेको आरोप लगाएका छन् ।बारा जिल्लामा पर्साको पिकअप गाडी र बाराको मोटरसाइकल दुर्घटना भएको थियो । उक्त दुर्घटनाको बारेमा बाराको बसपार्क स्थित प्रहरी चौकीमा छलफल भएको थियो । छलफलमा पिकअपले ७० र मोटरसाइकल वालाले ३० प्रतिशत क्षति व्यहोर्ने सहमति भएको थियो । तर कार्यान्वयन नभएपछिको छलफलमा प्रहरीले अनावश्यक हस्तक्षेप गरि गालीगलौज र कुटपिट गरेको आरोप आन्दोलन पक्षधरले लगाएका छन् । निरीक्षक रूपेश साह अहिले बारा जिल्ला प्रहरी कार्यालयको उजुरी शाखा प्रमुख छन् । उनको दरबन्दी बारा पनि होइन । दरबन्दी बिना उनी यहाँ कार्यरत छन् । यसअघि उनी इप्रका बारागढीको प्रमुख थिए । उनले त्याहां प्रमुख हुदां हवल्दार रबिन्द्र यादवलाई घुमुवाको रूपमा परिचालन गरेका थिए। त्यतिबेला यी दुबै जना धेरै बिबादमा परेका थिए । अहिले जिल्ला प्रहरीको उजुरी शाखामा कार्यरत हुन आएपछि निरीक्षक साहले आफ्नो घुमुवा यादवलाई पनि संगै ल्याई गोप्यरूपमा परिचालन गरेका छन् । यो कुरा एसपी होमेन्द्र बोगटीलाई समेत थाहा नभएको समेत जिल्ला प्रहरी स्रोत बताउँछ । साभार।
Next article
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ:-कपिलवस्तु, यशोधरा गाउँपालिका-६ पुर्निहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रूपन्देही सैनामैना नगरपालिका-२ पेरिसडाँडा बस्ने २८ वर्षीय बिकाश खत्री क्षेत्री र रूपन्देही शुद्धोधन गाउँपालिका-२ खैरेनी बस्ने २६ वर्षीय सबिक घर्ती मगर रहेका छन् । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।नवलपरासी (पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३-००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।सप्तरी, सुरुङ्गा नगरपालिका-२ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्रामसहित सोही नगरपालिका-२ हनुमान चोक बस्ने २२ वर्षीय मनिस चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles