Tuesday, January 21, 2025

कैलालीमा बाघको छालासहित २ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

धनगढी । कैलालीमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको गोदावरी नगरपालिका–२ रिङरोडबाट बाघको छालासहित दुुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह विष्ट र पाटन नगरपालिका–८ का ३० वर्षका हर्क बहादुर विष्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले जानकारी दिए ।

डीएसपी बरालकाअनुसार उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइको बाघको छाला बरामद भएको छ । विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगर र इप्रका मालाखेतीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous article
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ:-कपिलवस्तु, यशोधरा गाउँपालिका-६ पुर्निहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रूपन्देही सैनामैना नगरपालिका-२ पेरिसडाँडा बस्ने २८ वर्षीय बिकाश खत्री क्षेत्री र रूपन्देही शुद्धोधन गाउँपालिका-२ खैरेनी बस्ने २६ वर्षीय सबिक घर्ती मगर रहेका छन् । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।नवलपरासी (पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३-००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।सप्तरी, सुरुङ्गा नगरपालिका-२ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्रामसहित सोही नगरपालिका-२ हनुमान चोक बस्ने २२ वर्षीय मनिस चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles