Tuesday, January 21, 2025

झण्डै एक सय किलो सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । राजश्व अनुसन्धान विभागले गए राति थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको हो । यो सँगै पक्राउ पर्नेको संख्या १० पुगेको हो ।

ताजा / भरखरै प्राप्त

अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गराएर सिनामंगल सडकमा निकालिएको क्विन्टल सुन तस्करीमा चीनदेखि भारतसम्म विस्तारित गिरोह संलग्न भएको खुलेको छ । तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक पक्राउ परेका छन् । सँगै आठ नेपाली पनि समातिएका छन् तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजश्वका अधिकारीहरूको भनाइ छ ।

परीक्षणका लागि बिहीबार काठमाडौंको बबरमहलस्थित टक्सार विभागमा पुर्याइएर परीक्षणपछि सुन राष्ट्र बैंकको ढुकुटीमा पठाइएको छ । त्रिभुवन विमानस्थलको भन्सार पार गरिसकेको सुन बरामद गरेपछि अनुसन्धान अघि बढाएको राजश्व अनुसन्धान विभागले लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङलाई बिहीबार पक्राउ गरेको छ ।

त्यसअघि दिउँसो एयर चाइनाबाट चीन जाने तयारीमा रहेका ३६ वर्षीय जेक्युयाङ लिन पनि विमानस्थलको अध्यागमन कक्षबाट पक्राउ परेका थिए । यस्तै ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठ बिहीबार राति कोटेश्वरबाट पक्राउ परेका छन् । त्यसअघि ट्रान्स ग्लोबल सर्भिसकै सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पक्राउ परेका थिए ।

जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए । प्रकरणमा संलग्न अरूको बारेमा अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका मध्ये छ जनालाई हिजै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ। भने बिहिबार पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने जनाइएको छ ।

बिहिबार दिउँसो चिनियाँ नागरिक जेयुङ लिन पक्राउ परेका थिए । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।

सुन तस्करी

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles