डिएसपी र निरीक्षकलाई निलम्बनको मागनिरीक्षकले रबिन्द्र यादवलाई घुमुवाको रूपमा परिचालनकलैया । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी पुरूषोत्तम पाण्डे र निरीक्षक रूपेश साहलाई निलम्बन गर्नुपर्ने माग राख्दै सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेस र अर्को साझेदार दल नेकपा समाजवादीका नेताहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले यी दुई प्रहरी अधिकारीहरूको राजिनामालाई आफ्नो प्रमुख माग राखेर आन्दोलन शुरू गरेका हुन । बाराका प्रमुख जिल्ला अधिकारीलाई बुधबार ज्ञापनपत्र बुझाउंदै उनीहरूले राजिनामा नआए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सवारीसाधन दुर्घटना सम्बन्धि छलफल चलिरहेको बेला डिएसपी पाण्डे र निरीक्षक साहले छलफलमा सहभागी भएका नेपाली काङ्ग्रेसमा बारा जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका बारा उपसचिव ध्रुव यादवलाई कुटपिट गरि थुनामा राखेको आरोप लगाएका छन् ।बारा जिल्लामा पर्साको पिकअप गाडी र बाराको मोटरसाइकल दुर्घटना भएको थियो । उक्त दुर्घटनाको बारेमा बाराको बसपार्क स्थित प्रहरी चौकीमा छलफल भएको थियो । छलफलमा पिकअपले ७० र मोटरसाइकल वालाले ३० प्रतिशत क्षति व्यहोर्ने सहमति भएको थियो । तर कार्यान्वयन नभएपछिको छलफलमा प्रहरीले अनावश्यक हस्तक्षेप गरि गालीगलौज र कुटपिट गरेको आरोप आन्दोलन पक्षधरले लगाएका छन् । निरीक्षक रूपेश साह अहिले बारा जिल्ला प्रहरी कार्यालयको उजुरी शाखा प्रमुख छन् । उनको दरबन्दी बारा पनि होइन । दरबन्दी बिना उनी यहाँ कार्यरत छन् । यसअघि उनी इप्रका बारागढीको प्रमुख थिए । उनले त्याहां प्रमुख हुदां हवल्दार रबिन्द्र यादवलाई घुमुवाको रूपमा परिचालन गरेका थिए। त्यतिबेला यी दुबै जना धेरै बिबादमा परेका थिए । अहिले जिल्ला प्रहरीको उजुरी शाखामा कार्यरत हुन आएपछि निरीक्षक साहले आफ्नो घुमुवा यादवलाई पनि संगै ल्याई गोप्यरूपमा परिचालन गरेका छन् । यो कुरा एसपी होमेन्द्र बोगटीलाई समेत थाहा नभएको समेत जिल्ला प्रहरी स्रोत बताउँछ । साभार।