Tuesday, July 1, 2025

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । जसअनुसार आजको बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ ।

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्दै आएको छ । हिजोको बैठकमा ३५ जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले क्रमशः धारणा राख्ने छन् ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाहले आ आफनो धारणा राखिसकेका छन ।

साथै, हिजो बैठकमा डा चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखेको जनाइएको छ ।

नेपाली कांग्रेस

Previous article
Next article
डिएसपी र निरीक्षकलाई निलम्बनको मागनिरीक्षकले रबिन्द्र यादवलाई घुमुवाको रूपमा परिचालनकलैया । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी पुरूषोत्तम पाण्डे र निरीक्षक रूपेश साहलाई निलम्बन गर्नुपर्ने माग राख्दै सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेस र अर्को साझेदार दल नेकपा समाजवादीका नेताहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले यी दुई प्रहरी अधिकारीहरूको राजिनामालाई आफ्नो प्रमुख माग राखेर आन्दोलन शुरू गरेका हुन । बाराका प्रमुख जिल्ला अधिकारीलाई बुधबार ज्ञापनपत्र बुझाउंदै उनीहरूले राजिनामा नआए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सवारीसाधन दुर्घटना सम्बन्धि छलफल चलिरहेको बेला डिएसपी पाण्डे र निरीक्षक साहले छलफलमा सहभागी भएका नेपाली काङ्ग्रेसमा बारा जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका बारा उपसचिव ध्रुव यादवलाई कुटपिट गरि थुनामा राखेको आरोप लगाएका छन् ।बारा जिल्लामा पर्साको पिकअप गाडी र बाराको मोटरसाइकल दुर्घटना भएको थियो । उक्त दुर्घटनाको बारेमा बाराको बसपार्क स्थित प्रहरी चौकीमा छलफल भएको थियो । छलफलमा पिकअपले ७० र मोटरसाइकल वालाले ३० प्रतिशत क्षति व्यहोर्ने सहमति भएको थियो । तर कार्यान्वयन नभएपछिको छलफलमा प्रहरीले अनावश्यक हस्तक्षेप गरि गालीगलौज र कुटपिट गरेको आरोप आन्दोलन पक्षधरले लगाएका छन् । निरीक्षक रूपेश साह अहिले बारा जिल्ला प्रहरी कार्यालयको उजुरी शाखा प्रमुख छन् । उनको दरबन्दी बारा पनि होइन । दरबन्दी बिना उनी यहाँ कार्यरत छन् । यसअघि उनी इप्रका बारागढीको प्रमुख थिए । उनले त्याहां प्रमुख हुदां हवल्दार रबिन्द्र यादवलाई घुमुवाको रूपमा परिचालन गरेका थिए। त्यतिबेला यी दुबै जना धेरै बिबादमा परेका थिए । अहिले जिल्ला प्रहरीको उजुरी शाखामा कार्यरत हुन आएपछि निरीक्षक साहले आफ्नो घुमुवा यादवलाई पनि संगै ल्याई गोप्यरूपमा परिचालन गरेका छन् । यो कुरा एसपी होमेन्द्र बोगटीलाई समेत थाहा नभएको समेत जिल्ला प्रहरी स्रोत बताउँछ । साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles