मोरङ। प्रहरीले विराटनगर भन्सार कार्यालय यात्रु शाखाबाट २ जना भारतीयहरूलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा दिनकरनगर, बाह्रबिगाहा विहारका ८१ वर्षीय राम नरेश सिंह र सवारी चालक रतिश पासवान रहेका छन् ।
शुक्रबार दिउँसो भातरबाट नेपालतर्फ आइरहेको Bro1PG 211 नम्बरको भारतीय टाटा सफारीलाई चेक जँच गर्ने क्रममा सहायक प्रहरी निरीक्षक प्रमेश श्रेष्ठको टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले भारतीय रुपैयाँ ७ लाख ७९ हजार नगद र २ थान मोबाइल तथा आवश्यक लत्ताकपडा बरामद गरेको छ ।पक्राउ परेका उनीहरूलाई प्रहरी सीमा सुरक्षा गुल्म, रानी, मोरङमा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।
