Tuesday, January 21, 2025

सशस्त्र प्रहरीद्वारा आत्महत्याकाठमाडौं । सशस्त्र प्रहरी बलका एक सिपाहीले आज शुक्रबार झुन्डिएर आत्महत्या गरेका छन् । आज शुक्रबारकामनपा ८ पशुपती विस्वरुपा जङ्गलमा नाइलनको डोरिको पासो लगाइ रुखमा झिण्डिएर मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।समीर बस्नेत नाम गरेका उनी २१ बर्षकाे रहेको र उनको दरबन्दी सशस्त्र प्रहरी बल नम्बर १६ गणमा रहेको समेत खुलेको छ । के कारणले आत्महत्या गरे भन्ने कुरा खुलेको छैन । सशस्त्र प्रहरी बलमा पछिल्लो समय आत्महत्या गर्नेकाे संख्यामा वृद्धि भैरहेको छ। साभार!

ताजा / भरखरै प्राप्त

Previous article
महानगरले तोक्यो त्रिभुवन विमानस्थलको पार्किङ शुल्ककाठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थलमा पनि पार्किङ शुल्क तोकेको छ । पार्किङ शुल्कमा एकरुपता ल्याउनका लागि महानगरले विमानस्थलमा सञ्चालति पार्किङको शुल्क निर्धारण गरेको हो ।काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐन अनुसार विमानस्थलमा सञ्चालित पार्किङको शुल्क तोकेको हो ।अन्यत्रभन्दा धेरै शुल्क लिइरहेको सूचना पाएपछि महानगरले विमानस्थलको पार्किङ शुल्क तोकेको उनले बताए ।‘शुल्कमा सबैतिर एकरुपता ल्याउने निर्णय कार्यान्वयन गराउन महानगरको टोली आज विमानस्थलको पार्किङ क्षेत्रको ठेक्का लिएको कम्पनीलाई भेटेको छ । अब महानगरले तोकेबमोजिम नै शुल्क लिन भनेका छौं’ उनले भने ।त्रिभुवन विमानस्थलले पार्किङ सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । ठेक्का लिएको कम्पनीले सेवाग्राहीसँग आफू खुसी शुल्क उठाइरहेको थियो ।आर्थिक ऐन २०८०/८१ मार्फत महानगरले दुई पाङ्ग्रे सवारी साधनका लागि आधा घण्टा पार्किङ गर्दा १५ रुपैयाँ, १ घण्टाका लागि २५ रुपैयाँ शुल्क तोकेको छ । एक घण्टाभन्दा बढी पार्किङ गर्दा हरेक १५ मिनेटको ५ रुपैयाँ थप शुल्क लाग्ने व्यवस्था महानगरले गरेको छ ।यस्तै चारपाङ्ग्रे सवारी पार्किङ गर्दा आधा घण्टाका लागि ४० रुपैयाँ र १ घण्टासम्मको ७५ रुपैयाँ शुल्क तोकिएको छ । त्यसभन्दा धेरै पार्किङ गर्नेको हरेक १५ मिनेटको १५ रुपैयाँ शुल्क थप हुँदै जाने छ ।
Next article
मलेखुमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युधादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।डीएसपी जैसवालका अनुसार मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् ।घाइते महिलाको उपचारको लागि काठमाडौंको बी एण्ड बी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles