Tuesday, October 22, 2024

आज बि.पि. स्मृति दिवस बि. पि. स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस का नेता गन हरु को आज देशभरि को अभियान अधिकांश नेता उपत्यका बाहिर आज बि. पि. कोइराला स्मृति दिवस को उपलक्ष्यमा नेपाली कांग्रेस का नेता पर्सा जिल्ला को क्षेत्र नं ४ का नेता उधोग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले बृक्षारोपण स्मृति दिवस गरि मनाउदै गरेकोमा धन्यवाद छ, ! मन्त्री रमेश रिजाल ज्यूलाई ,! पर्सा जिल्ला को धोबिनी गाउँपालिकामा नेपाली कांग्रेस को कार्यकर्ता समक्ष संग मिलेर बृक्षारोपण गराउदै ,!????????????????????????????????????

ताजा / भरखरै प्राप्त

Previous article
पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेधआइतबारदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी गराएको छ ।महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए । ‘सबै एकदमै हतारमा भयो । तर पनि महानगरले त्यसको व्यवस्थापन गर्दैछ’, उनले भने ।बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । ‘क्युमा बस्ने लामो दूरीका बसमात्रै बाहिर राखिन्छ । बाँकी सबैलाई भोलिबाटै सडकमा पार्किङ नगर्न सूचना जारी गरेका छौं’, तिमिल्सिनाले भने ।पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १८७ रोपनी छुट्याइएको थियो ।तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा अनधिकृत बसोबास बढ्दा अधिकांश सवारी साधन बसपार्क बाहिर पृथ्वीराजमार्गकै किनारामा पार्किङ गर्ने गरिएको छ ।‘कुनैकुनै सवारी साधनले लामो समयसम्म सडकमै पार्किङ गरिराख्दासमस्या पारेको थियो । अब त्यसरी लामो समयसम्म सडकमै पार्किङ गर्न पाइनेछैन’, तिमिल्सिनाले भने, ‘बसपार्कमा पार्किङका लागि आज (शनिबार) खाल्डाखुल्डी सम्याउने, पुर्ने काम भएको छ ।’तिमिल्सिनाका अनुसार अहिले बसपार्कभित्र एकैचोटि १ सय १५ वटाभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्छ । ‘बसपार्क क्षेत्रबाहिर निषेध गरेर भित्रमात्रै पार्किङ गर्न पनि हामीलाई पर्याप्त पुग्छ’ तिमिल्सिनाले भने ।पोखरा महानगरले गत माघ १९ गते एक सूचना जारी गरेर न्युरोड क्षेत्रमा सडक छेउमा पार्किङ पूर्ण रुपमा बन्द गरेको जानकारी गराएको थियो । तर उक्त निर्णय २ दिन नबित्दै फिर्ता लियो ।अहिले न्युरोड क्षेत्रमा सडक छेउमा साना तथा ठूला सवारी साधन पार्किङ भइरहेका छन् । हतारमा निर्णय गरेर सडक पार्किङ बन्द गराउँदा सर्वत्र विरोध भएपछि निर्णयबाट फिर्ता हुनुपरेको महानगर पार्किङ व्यवस्थापन समितिको स्वीकारोक्ति छ ।‘त्योबेला हामीले अलि हतार गर्दा तयारी नपुगेको हो । पछि उद्योगी, व्यवसायीले पनि कोभिड महामारीपछि व्यवसाय तंग्रिँदै गर्दा यसो नगरिदिनुुस् भनेर आग्रह गर्नुभयो’, समितिका उपाध्यक्ष तिमिल्सिनाले भने, ‘त्यही भएर योजनाबाट ब्याक हुनुपरेको हो ।’
Next article
चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्कियो, तीनजनाको मृत्युसुनसरी । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा करण, शम्भु र अनिनेशको मृत्यु भएको प्रहरी उपरीक्षक राईले बताए । गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको राईले बताउनुभयो । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस !
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles