Monday, February 17, 2025

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने छ । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राखिसकेका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

ताजा / भरखरै प्राप्त

गत साउन २ गते देखी जारी केन्द्रीय समिति बैठकमा अधिकांस केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ । सदस्यहरुको भनाइ सकिएपछि सभापति देउवाले सम्बोधन गर्नेछन् ।

नेपाली कप्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार सोमबार सभापति, उपसभापति र महामन्त्रीबाट बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रम सकिएपछि अर्को दिन बैठक राखेर पार्टीका निर्णय सार्वजनिक गरिनेछ । अदालतमा मुद्दा विचाराधीन भएको र पार्टीमा परम्परासमेत नभएकाले खाणलाई निलम्बनको विषयबारे संस्थागत रूपमा कुनै धारणा नआउने उनको भनाइ छ ।

बैठक बस्नुअघिबाटै सभापति देउवाले खाणको निलम्बनको विषयमा मौन रहने रणनीति बनाएका थिए । संस्थापन पक्षका एक सदस्यका अनुसार त्यही रणनीति बुझेरै संस्थापन पक्षका कतिपय सदस्यहरू बचाउमा र कतिपय मौन बसेका थिए । गच्छदार र गुरुङलाई निलम्बन नगर्ने, खाणलाई मात्रै किन निलम्बन गर्ने भन्ने कुरा सस्थापनपक्षीय सदस्यहरूको तर्क छ ।

नेपाली कांग्रेस

लेखकबाट थप

सम्बन्धित पोस्ट
राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच शिष्टाचार भेटवार्ता
साउन ७, २०८० आइतबार

प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
साउन ७, २०८० आइतबार

अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने
अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने
साउन ७, २०८० आइतबार

नेपालबहस ट्रेन्डिङ
अवहेलना मुद्दामा काठमाडौं प्रहरी प्रमुख कार्कीलाई १५ दिन कैद र पाँच हजार जरिवाना !
अवहेलना मुद्दामा काठमाडौं प्रहरी प्रमुख कार्कीलाई १५ दिन कैद र पाँच हजार जरिवाना !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles