Tuesday, January 21, 2025

लाइसेन्स बनाइ दिने,ट्रायल पास गराई दिने भनी ठगी गर्ने पक्राउ:-काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी रु चार लाख ३० हजार बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।परियारलाई लुभुबाट पक्राउ गरिएको उनले जानकारी दिए । यसैगरी उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स् एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
डीएसपी ठगबहादुरलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस-: – – – ३५ तोला सुनसहित प्रक्राउ परेका नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले दुई हप्ताअघि नै उनलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।प्रधान कार्यालयको सिफारिस यति लामो समय किन रोकियो भन्ने विषय रहस्यमय बनेको छ । केसी आफूलाई सेवाबाट नहटाउन भन्दै गृहमा धाइरहेको स्रोतले जानकारी दिएको छ । प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनको प्रधान कार्यालयको सिफारिस कार्यान्वयनमा ढिलाइ भएको गृह स्रोतले बताएको छ । गृहले डीएसपी केसीसँग स्पष्टीकरण सोध्नेलगायतका प्रक्रिया पूरा गर्न बाँकी रहेको बताइएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles