Monday, May 19, 2025

सप्तरी । आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

उनीहरू बीच घरायसी वादविवादको कारण झैं–झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हत्या

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles