Tuesday, September 16, 2025

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीया अनिता राना र निजका श्रीमान् २४ वर्षीय अन्तराम राना रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

ताजा / भरखरै प्राप्त

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित मधुबन नगरपालिका–८ लालीबजार बस्ने २१ वर्षीय अनिश थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भे.७ प ६२४८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवनको राप्ती नगरपालिका–११ आपपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने ३० वर्षीय सुदिप घलान र सोही ठाउँ बस्ने २० वर्षीय जित बहादुर थिङ रहेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रदेश २–०३–०१ प १५७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगतरपालिका–१ स्याउले बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ मिलिग्रामसहित भारत पिलिभित मोहल्ला गाउँ बस्ने २४ वर्षीय मुन्ना खानलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको जिप मर्मत गर्ने कोठाबाट उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

लागुऔषध

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles