Tuesday, January 21, 2025

स्वतन्त्र मानव अधिकार समाजद्वारा खानेपानी संस्थान वीरगन्जलाई ध्यानाकर्षण पत्र ।

ताजा / भरखरै प्राप्त

९ साउन । बिरगंज

स्वतन्त्र मानव अधिकार समाजले खानेपानी संस्थान वीरगन्ज वितरण केन्द्रका कार्यालय प्रमुख निरण महर्जनलाई चापाकल सुकेर खानेपानीको विकराल समस्या उत्पन्न भएको सम्बन्धमा सहजीकरण गरिदिनको निमित्त ध्यानाकर्षण पत्र दिई समस्या समाधानका निमित्त सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।

“मुलुकको आर्थिक नगरी तथा व्यापारिक केन्द्र वीरगञ्ज र पर्सा जिल्लाभरि झण्डै १ महीनादेखि चापाकल सुकेर खानेपानीको विकराल समस्या उत्पन्न भएको छ । यो समस्याले जनजीवन संकटग्रस्त अवस्थामा पुगेको हुँदा त्यसको उचित समाधानको विकल्पको रुपमा नेपाल खानेपानी संस्थान वीरगंज केन्द्रबाट वितरण गरिने खानेपानीको नयाँ धारा सरल र सहज ढङ्गले जड़ान गर्न लगाई सहयोग गरिदिनु हुन समाज आग्रह गर्दछ ।

नेपाल खानेपानी संस्थान, वीरगन्ज शाखाले वितरण गर्ने नयाँ धाराको जडान कार्य पहिले भन्दा छिटो र छरितो ढगबाट गरी स्थानीय बासिन्दालाई खानेपानीको सुविधा उचित तवरले प्रदान गर्ने व्यवस्था मिलाई दिन पनि आग्रह गर्दछौं । खानेपानी संस्थानले उपलब्ध गराउँदै आएको धारामा समेत पानीको बहाव कम भएको र केही स्थानमा सेवा नियमित हुन नसकेको प्रति ध्यानाकर्षण गराउन चाहान्छौ ।

भूमिगत पानीको स्रोत सुकिरहेको अवस्थामा खानेपानीको समस्याको दीर्घकालीन समाधानका लागि खानेपानी संस्थानको सेवालाई द्रुत गतिमा विस्तार गर्नु नै सापेक्ष निकास हो । यस सम्बन्धमा वीरगञ्ज महानगरपालिकाले सकारात्मक पहल थालि सकेको अवस्थामा खानेपानीको स्थायी आपूर्तिका लागि तहगत सरकारसँग सहकार्य गरी प्रभावकारी कदम चाल्न हुन आग्रह गर्दछ ।

अहिलेको संकटग्रस्त अवस्थाको निकासका लागि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाको थप सक्रियता र सहयोग अपरिहार्य रहेको छ । नागरिकहरू पानीको समस्याले हाहाकारमा रहेको वर्तमान परिस्थितिमा नेपाल खानेपानी संस्थान वीरगञ्ज वितरण केन्द्रले प्रभावकारी भूमिका खेल्न सक्ने भएकाले सेवा उपभोग बापतको पुरानो बाँकी बक्यौताको हकमा लाइन काटिएका खानेपानीका धाराका लागि किस्ता बनाई पुनः जडानको व्यवस्था मिलाई दिनु हुन समेत आग्रह गर्दछ । नगर तथा ग्रामीण क्षेत्रमा खानेपानीको पाइप विस्तार र पानीटकीको निर्माणलाई गति दिन र त्यसका लागि स्रोत निश्चित गर्न स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कार्यालय वीरगन्ज ध्यानाकर्षणका लागी आग्रह गर्दछ,!

महासचिव :- दिपक शाह कानु
सभापति :- कृष्ण कुमार खनाल

Previous article
Next article
हाेटलमा मृत भेटिए प्रहरी वरिष्ठ नायव निरीक्षक, अनुसन्धान सुरुबागलुङ । गएराति मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नावय निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको हो ।पौडेल बडिगाड गाउँपालिका- ६ स्थित आशा होटल एण्ड खाजा घरमा मृत फेला परेका थिए । घटनास्थलको प्रारम्भिक अवस्थाको बारेमा जानकारी दिँदै प्रमुख खड्काले आफुहरु घटनास्थल पुग्दा शव होटलको भुइँतलामा रहेको कोठाको ढोका नजिकै उत्तानो अवस्थामा फेला परेको बताए ।मृतक पौडेलका आफन्तहरु घटनास्थलमा आइसकेकोले मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भएको उनले जानकारी दिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles