Friday, January 17, 2025

हाेटलमा मृत भेटिए प्रहरी वरिष्ठ नायव निरीक्षक, अनुसन्धान सुरुबागलुङ । गएराति मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नावय निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको हो ।पौडेल बडिगाड गाउँपालिका- ६ स्थित आशा होटल एण्ड खाजा घरमा मृत फेला परेका थिए । घटनास्थलको प्रारम्भिक अवस्थाको बारेमा जानकारी दिँदै प्रमुख खड्काले आफुहरु घटनास्थल पुग्दा शव होटलको भुइँतलामा रहेको कोठाको ढोका नजिकै उत्तानो अवस्थामा फेला परेको बताए ।मृतक पौडेलका आफन्तहरु घटनास्थलमा आइसकेकोले मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भएको उनले जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

सोमबार दिनभर बडिगाड खोलमा बालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेलले साँझ खारा प्रहरी चोकीको टोली फिर्ता पठाई अाफू भने इलाका प्रहरी कार्यालय भिमगिठेतर्फ लागेका थिए । साेही क्रममा उक्त होटलमा खाजा खान पसेको र पछि मृत भेटिएकाे प्रारम्भिक अनुसन्धानले देखाएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन् ।

  • प्रहरीले होटल सञ्चालक महिला आशा कुँवर र उनका छोरा २१ वर्षीय विनोद कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।प्रहरी अधिकृत नै खाजा घरमा मृत फेला पर्नुले आम नागरिकहरुमा अनेक शंका-उपशंकाहरु पैदा गराएको छ । समाजमा घटेका घटनाहरुको अनुसन्धान गर्ने प्रहरी अधिकृत नै मृत फेला परेको घटनाको सूक्ष्म अनुसन्धान गरी प्रहरीले घटनाको वास्तविकता ल्याउनुपर्ने स्थानियहरुले माग गरेका छन् । राम प्रसाद घिमिरे
Previous article
Next article
प्रहरीका एक एसपी र २ डिएसपीको काज सरूवाप्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी) र दुईजना नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएपछि रिजाललाई मकवानपुर खटाइएको हो ।त्यस्तै डिएसपी दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय बारा काज सरुवा भएको छ भने न्यौपानेको ठाउँ नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडैंमा पुरुषोत्तम प्रसाद पाण्डेलाई पठाइएको छ ।अर्को आदेश नभएसम्मको लागि काजमा खटाइएको प्रधान कार्यालयले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles