Monday, September 15, 2025

पर्सा । वीरगञ्ज महानगरपालिका–८ भानुचोकबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई प्रहरीले पक्राउ परेको छ ।

ताजा / भरखरै प्राप्त

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा उनले बोकेको झोला फाली भागे पश्चात झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो ।

तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

Previous article
Next article
मेट्रो ट्राफिक एफएमको ११औं वार्षिकोत्सव कार्यक्रम सम्पन्नमेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलको प्रमुख आतिथ्यमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको ११औं वार्षिकोत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले विज्ञापन दाताहरू र सूचना दाताहरूलाई कदरपत्र एवम् एफएममा कार्यरत उत्कृष्ट ३ जना प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले जनसंख्या र सवारी साधनको वृद्धिले ट्राफिक व्यवस्थापन र अपराधिक गतिविधि दिन प्रतिदिन नयाँनयाँ ढंगबाट बढ्दै गइरहेको र समय अनुरुप चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो । यस्तो अवस्थामा मेट्रो ट्राफिक एफएमले प्रसारण गर्ने सूचना तथा कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण तथा अपराध रहित समाजको निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । सडक प्रयोग गर्ने सही तरिकाको बारेमा ट्राफिक जनचेतना फैलाउँदै दुर्घटना न्यूनीकरण गर्न उद्देश्यका साथै सडक पुन:निर्माण, जोखिम न्यूनीकरण तथा अपराध विरूद्ध जनचेतना जागृत गर्न थप योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा मेट्रो ट्राफिक एफएमका स्टेशन म्यानेजर प्रहरी नायव उपरीक्षक ई.विशाल ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्दै मेट्रो ट्राफिक एफएमको गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी दिनुभएको थियो । सो अवसरमा विज्ञापन दाताहरूमध्ये जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका प्रमुख डा.अर्चना श्रेष्ठ र सहकारी विभागका शाखा अधिकृत प्रेम राज लुइटेलले आ-आफ्नोतर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समुदाय-प्रहरी साझेदारी समितिका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles