Tuesday, January 21, 2025

रौतहट । गौर हत्याकाण्डको मुख्य योजनाकार भएको भन्दै सत्तारुढ गठबन्धनमा रहेका दलहरूले रौतहटमा संघीय सांसद प्रभु साहलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा सोमबार जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् ।

ताजा / भरखरै प्राप्त

प्रदर्शनकारीले गौर हत्याकाण्डको मुख्य दोषी साह भएको जिकिर गर्दै कारबाहीको माग गरेका हुन् । त्यस्तै २३ असार २०६८ मो कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्या, रौतहटका शिक्षक सुनील यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्यामा पनि प्रभु साहको संलग्नता रहेको ६ दलीय मोर्चाको दाबी छ ।

यसअघि १ साउनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो । ६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

२०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए । गौर घटना भएको १७ वर्षसम्म पनि दोषीलाई कारबाही नभएको भन्दै आम जनता पार्टीले १ साउनमा प्रर्दशन गरेपछि सोमबार ६ दलले संयुक्त रुपमा साहको विरुद्धमा गौरमा प्रदर्शन गरेका हो ।

प्रभु साह

लेखकबाट थप

सम्बन्धित पोस्ट
नागरिक उन्मुक्ति पार्टी नमानेपछि सुदूरपश्चिम सरकार विस्तारमा समस्या
नागरिक उन्मुक्ति पार्टी नमानेपछि सुदूरपश्चिम सरकार विस्तारमा समस्या
साउन ९, २०८० मंगलबार

अब कांग्रेसलाई विधिसम्मत चल्ने र सबैलाई न्याय दिन सक्ने पार्टी बनाउनुपर्छः शेखर कोइराला
अब कांग्रेसलाई विधिसम्मत चल्ने र सबैलाई न्याय दिन सक्ने पार्टी बनाउनुपर्छः शेखर कोइराला
साउन ९, २०८० मंगलबार

पुर्ण इजलासमा पनि कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको बहस सकिएन, रिट हेर्दाहेर्दैमा
पुर्ण इजलासमा पनि कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको बहस सकिएन, रिट हेर्दाहेर्दैमा
साउन ९, २०८० मंगलबार

नेपालबहस ट्रेन्डिङ
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
नेपालबहस संवाददाता

Previous article
Next article
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउकाठमाडौं महानगरपालिका-७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१० सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठ समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७ हजार ६ सय ४० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles