Saturday, November 2, 2024

जिल्ला अदालत काठमाडौंले १० हजार धरौटीमा छोड्न आदेश दिएपनि गुण्डा नाइकेका रुपमा चिनिएका सानुभाइ उर्फ युवराज गुरुङलाई प्रहरीले पुरानो मुद्दा बाँकीरहेको भन्दै कारगार पठाएको छ ।

ताजा / भरखरै प्राप्त

जिल्ला अदालत, काठमाडौंले अभद्र व्यवहारको कसूरमा उनलाई १० हजार रुपैयाँ धरौटी राखेर छाड्न आदेश दिएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी अनिल अधिकारीका अनुसार अदालतले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएकाले कारागार पठाइएको हो ।

उनी काठमाडौं–२६, ठमेलस्थित क्लब ओम्नियामा गएर सञ्चालक राजेन्द्र गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए । उनका समूहका अरु ६ जनालाई मंगलबार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि एउटै कसूरमा पक्राउ परेका रघु तामाङ, विनोद तामाङ, कमल तामाङ, निरु भनिने निरज गुरुङ, विश्व तामाङ र विक्रम अधिकारी मंगलबारै छुटेका छन् । डीएसपी अधिकारीका अनुसार, सानुभाइ अभद्र व्यवहारमा पटकपटक पक्राउ परिसकेका व्यक्ति भएका उनको मुद्दा अदालतमा पेश गरिएको हो ।

१५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप थियो ।

अदालत

लेखकबाट थप

विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
साउन १०, २०८० बुधबार

नापतौलमा ठगी गर्ने एक हजार चार सय ३६ व्यावसायिक कारबाहीमा
नापतौलमा ठगी गर्ने एक हजार चार सय ३६ व्यावसायिक कारबाहीमा
साउन १०, २०८० बुधबार

नेपालबहस ट्रेन्डिङ
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
नेपालबहस संवाददाता

साउन ८, २०८० सोमबार

रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
नेपालबहस संवाददाता

साउन ८, २०८० सोमबार

ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
नेपालबहस संवाददाता

साउन ९, २०८० मंगलबार

दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
नेपालबहस संवाददाता

साउन ९, २०८० मंगलबार

लोकप्रिय
शेयर खेलाडी राकेश अडुकियाको घरमा राजश्वको छापा, गोदाम हेर्ने तामाङ पनि पक्राउ

Previous article
Next article
१२ थान चोरीको मोटरसाइकलसहित सात जना पक्राउबारा, विभिन्न मिति र स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका-२० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका-९ बस्ने २० वर्षीय राजिनन्द महतो र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ बस्ने २६ वर्षीय पंचालाल बलोन रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा विभिन्न ठाउँबाट चोरी भएका बा.२६ प ७७५३, ज.११ प ८४९५, ना.५१ प २७९०, ना.५२ प ७१३२, बीआर०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, ना. ४१ प ८४६८, बा.९० प ५००८, मधेश प्रदेश ०३-०२६ प ९९५६, बा.६४ प ४६८४ र २ ‘अन टेस्ट’ लेखिएका मोटरसाइकलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles