Friday, January 17, 2025

नेपाल प्रहरीमा चार दिनको अवधिमा २ सय ८६ जना प्रहरी कर्मचारीहरूको बढुवा सिफारिस

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप-समूहतर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो ।

नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमध्ये नेपाल प्रहरी अस्पताल चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । त्यसैगरी जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । साथै प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधि/कम्प्यूटरतर्फ २ जना, स्वास्थ्य उप-समूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, ईन्जिनियरिङ उप-समूह अवास तथा भौतिक ईन्जिनियरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी जनपद समूहतर्फ जम्मा १ सय २२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारीस भएका छन् भने प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना र सूचना प्रविधि/कम्प्यूटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरीष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी प्राविधिक प्रहरी समूहकै प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा स्वास्थ्य तर्फको प्यारामेडिक्समा १ जना, संगीततर्फ ६ जना, केनाईनतर्फ ७ जना र मेकानिकल ईन्जिनियरिङ तथा सवारीतर्फ २ जना, सूचना प्रविधि/कम्प्यूटरतर्फ ७ जना समेत गरी जम्मा २३ जना प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी प्राविधिक प्रहरी समूह केनाईनतर्फ ५ जना र संगीततर्फ ७ जना गरी जम्मा १२ जना प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । प्राविधिक प्रहरी समूहकै प्यारामेडिक्सतर्फ १३ जना, सवारीतर्फ १३ जना, सूचना प्रविधि/कम्प्युटरतर्फ ६ जना र हातहतियारतर्फको १ जना गरी जम्मा ३३ जना प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूहतर्फ आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सिफारिस भएका छन् ।

Previous article
१२ थान चोरीको मोटरसाइकलसहित सात जना पक्राउबारा, विभिन्न मिति र स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका-२० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका-९ बस्ने २० वर्षीय राजिनन्द महतो र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ बस्ने २६ वर्षीय पंचालाल बलोन रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा विभिन्न ठाउँबाट चोरी भएका बा.२६ प ७७५३, ज.११ प ८४९५, ना.५१ प २७९०, ना.५२ प ७१३२, बीआर०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, ना. ४१ प ८४६८, बा.९० प ५००८, मधेश प्रदेश ०३-०२६ प ९९५६, बा.६४ प ४६८४ र २ ‘अन टेस्ट’ लेखिएका मोटरसाइकलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles