‘विभागले उनको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको छ’, विभाग स्रोतले भन्यो । सो मेसिन राष्ट्र बैंकसँग रहेको सुन गाल्ने मेसिनभन्दा निकै ठूलो भएको पनि दावी गरेको छ । विभागले गत बुधबार एक सय किलो भन्दा बढी सुन बरामद गरेपछि अनुसन्धान जारी रहेको छ ।
विभागले उपसचिवको नेतृत्वमा अनुसन्धान समिति बनाएर छानवीन थालेको छ । साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । हालसम्म यो प्रकरणमा १७ जना पक्राउ परिसकेका छन्, जसमा एक जना भारतीय र एक जना चिनियाँ नागरिक समेत छन् ।
यो अपराधमा अन्तरदेशीय संगठित जालो देखिए पनि सुन बरामद भएको पाँचौं दिन मात्र विभागले प्रहरीको सहयोग मागेको थियो । साउन ७ गते विभागले अनुसन्धानमा सहयोग माग्दै पत्र लेखेपछि एसपी कृष्ण पंगेनीलाई खटाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट विभागले २ साउनमा करिब एक क्विन्टल सुन बरामद गरेको थियो । चिनियाँ नागरिक जिक्वाङ लिङ ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी यो बरामद भएको सुनका एक जना मालिक रहेको बताइएको छ ।
हङकङबाट कार्गो गरेर नेपालको रेडी ट्रेड कम्पनीको नाममा ब्रेकशुभित्र लुकाएर ठूलो परिमाणमा सुन ल्याएको भेटिएको थियो । त्यसपछि विभागले यो प्रकरणमा व्यापाक अनुसन्धान गरिरहेको छ । बुधबार नै विभागले शेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको छ । त्यसैगरी रेडी ट्रेड कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा र चिनियाँ नागरिकको गोदाममा छापा मारेको छ । अडुकियाको हङकङस्थित कार्यालयबाट चाँदीको कारोबार हुने गरेपनि स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस
बरामद गरी टक्सार विभागमा राखिएको सुन गाल्दा प्रत्यक्ष प्रसारण गरिने, प्रधानमन्त्रीको अनुमति कुर्दै विभाग
रेडी ट्रेडर्सको गोदाममा राजश्वको छापा, ६६ बाकस ‘ब्रेक शु’ बरामद
सुन तस्करी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न ६ दिनकाे म्याद थप
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
प्रधानमन्त्री फर्कदासम्म सुन तस्करीका मुख्य अभियुक्त नसमातिए सदनमै आमरण अनशन बस्छु: शर्मा

लेखकबाट थप
सम्बन्धित पोस्ट
अदालतले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएका गुण्डा नाइके सानुभाइ फेरी कारागार चलान
अदालतले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएका गुण्डा नाइके सानुभाइ फेरी कारागार चलान
साउन १०, २०८० बुधबार
विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
साउन १०, २०८० बुधबार
नापतौलमा ठगी गर्ने एक हजार चार सय ३६ व्यावसायिक कारबाहीमा
नापतौलमा ठगी गर्ने एक हजार चार सय ३६ व्यावसायिक कारबाहीमा
साउन १०, २०८० बुधबार
नेपालबहस ट्रेन्डिङ
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार
रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार
ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार
दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार