Tuesday, October 21, 2025

मोसो दल्नेलाई कांग्रेसले पार्टीबाट हटाउने

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसले पार्टी सम्बद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ ।बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्न सक्ने निर्णय गरेको छ ।‘कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अर्थात् शारीरिक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अविलम्ब खारेज गर्ने निर्णय गरिएको छ’ महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा सुनाए ।
पछिल्लो समय विभिन्न क्याम्पस लगायत शिक्षण संस्थामा शिक्षक, प्राध्यापकमाथि मोसो दल्ने, हुलहुज्जत गर्नेहरुमा कांग्रेस भ्रातृ संस्थाका विद्यार्थी तथा कार्यकर्ता संलग्न हुँदै आएको भनी आलोचना हुँदै आएको थियो। यसबारेमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि कुरा उठेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles