Monday, February 17, 2025

त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फनेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो ।फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गरेका थिए ।प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन टोली हो । प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि मद्दत पुग्नेछ । यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।
रासस

Previous article
“पाठ्यक्रम विकास तालिम” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्नराष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगञ्जमा २०८०।०४।०७ गतेदेखि सञ्चालन भएको “पाठ्यक्रम विकास तालिम ” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम मिति २०८०।०४।१२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक, प्र.अ.म.नि. टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने प्र.उ.-१ जना, प्र.ना.उ.-१० जना, प्र.नि.-१३ जना (१ जना महिला सहित) गरी जम्मा २४ जना प्रशिक्षार्थी सिनियर प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण एवं निर्देशन सम्बोधन गर्नुभयो ।साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. रबिन्द्र के.सी., सह-निर्देशक प्र.व.उ. मधुसूदन लुईटेल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी., सह-निर्देशक प्र.व.उ. बेल बहादुर पाण्डे लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्र.उ. चित्र बहादुर गुरुङले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles