Saturday, April 19, 2025

नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जाहरूमा गरी २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस गरिएको हो ।

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्यांकन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमध्ये नेपाल प्रहरी अस्पताल चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

त्यसैगरी जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधि÷कम्प्यूटरतर्फ २ जना, स्वास्थ्य उप–समूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, ईन्जिनियरिङ उप–समूह अवास तथा भौतिक ईन्जिनियरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

यसैगरी जनपद समूहतर्फ जम्मा १ सय २२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारीस भएका छन् भने प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना र सूचना प्रविधि÷कम्प्यूटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरीष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

प्राविधिक प्रहरी समूहकै प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा स्वास्थ्य तर्फको प्यारामेडिक्समा १ जना, संगीततर्फ ६ जना, केनाईनतर्फ ७ जना र मेकानिकल ईन्जिनियरिङ तथा सवारीतर्फ २ जना, सूचना प्रविधि÷कम्प्यूटरतर्फ ७ जना समेत गरी जम्मा २३ जना प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी प्राविधिक प्रहरी समूह केनाईनतर्फ ५ जना र संगीततर्फ ७ जना गरी जम्मा १२ जना प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । प्राविधिक प्रहरी समूहकै प्यारामेडिक्सतर्फ १३ जना, सवारीतर्फ १३ जना, सूचना प्रविधि÷कम्प्युटरतर्फ ६ जना र हातहतियारतर्फको १ जना गरी जम्मा ३३ जना प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूहतर्फ आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सिफारिस भएका छन् ।

नेपाल प्रहरी

Previous article
Next article
रामेछापमा ४३ जनाले झुन्डिएर आत्महत्या गरेरामेछाप । रामेछापमा गत वर्षकाे तुलनामा आत्महत्याका घटना अत्यधिक मात्रामा बढेका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएका १८८ वटा घटनामा ५१ वटा घटना आत्महत्याका छन् । गत आर्थिक वर्ष रामेछापमा ४३ जनाले झुन्डिएर र ८ जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए ।जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव उपरीक्षक पराजुलीले भने, ‘जिल्लामा सबै भन्दा चिन्ताको विषय आत्महत्याको घटना बनेको छ, यस्ता घटना हुन नदिनका लागि प्रहरी, स्थानीय सरकारले सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमको पनि प्रभाव राखेन ।’उनका अनुसार रामेछापमा यस अघिको आर्थिक वर्ष २०७८/०७९ मा २६ जनाले झुन्डिएर र १४ जनाले विष सेवन गरी जम्मा ४३ जनाले आत्महत्या गरेका थिए ।रामेछापमा गत २०७९/०८० आर्थिक वर्षमा भवितव्य ज्यानका ३७, अभद्र व्यवहार कसुरका २६, फुटकर ज्यान १५, जबरजस्ती करणीका १२, सवारी ज्यान ५, लिखित सम्बन्धी कसुर ५, ज्यान मार्ने उद्योगका ४, कर्तव्य ज्यानका ४ र जबरजस्ती करणी उद्योगका ३ वटा घटना भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भवितव्य ज्यानका ३६, अभद्र व्यवहार कसुरका २९, फुटकर ज्यानका ११, जबरजस्ती करणीका १७, सवारी ज्यानका ४, लिखित सम्बन्धी कसुरका २, ज्यान मार्ने उद्योगका ७, कर्तव्य ज्यान १ र जबरजस्ती करणी उद्योगका ५ वटा घटना भएका थिए ।विभिन्न अपराधमा संलग्न भएको आरोपमा गत वर्ष १३८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अझै १७ जना आरोपी फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक पराजुलीले बताए ।उनका अनुसार गत वर्ष विभिन्न अपराध कसुरमा अदालतबाट फैसला भई कैद सजाय तोकिएका ४३ जना फरार प्रतिवादीलाई पक्राउन गरी अदालतलाई बुझाएको र यसबाट २९ वर्ष १० महिना कैद सजाय , २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा यस्ता ३० जना अभियुक्तहरू परेका थिए ।नागरिक स्तरमा चेतना बढेका कारण गत आर्थिक वर्षमा जातीय छुवाछुत, बोक्सीको आरोप लगाउनेजस्ता सामाजिक अपराधका घटनाहरू भने एउटा पनि नहुनु राम्रो कुरा भएको उनकाे भनाइ छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles