Tuesday, January 21, 2025

मिटरव्याजसम्बन्धी विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका हुन् ।

ताजा / भरखरै प्राप्त

राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । सो विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसहमतिले पारित भएको थियो ।

विधेयक प्रमाणीकरण

Previous article
Next article
सुन तस्करीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ : नेता कोइरालामोरङ — प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले नेपालमा भइरहेको सुन तस्करीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले सुन तस्करीले नेपालको अर्थतन्त्रमा असर गरिरहेको छ, छैन भन्ने गम्भीर विषय भएको बताएका हुन् ।‘कसको सेटिङमा सुन आइरहेको भन्न गाह्रो विषय हो,’ उनले भने, ‘अहिले सय किलो सुन बरामद भएकोले हामीले थाहा पायौं तर त्यो भन्दा अगाडि कति आयो त्यो गम्भीर विषय हो र यसले नेपालको अर्थतन्त्रमा असर गर्छ कि गर्दैन ?’भारतमा १३ सय मेट्रिकटन सुन वार्षिक खपत हुन्छ तर आयात ८ सयदेखि ९ सय मेट्रिकटनमात्रै भारत सरकारले गरिरहेको हुँदा ४ सयदेखि ५ सय मेट्रिकटन अवैध तरिकाले आपूर्ति भइरहेकै देखिएको कोइरालाले बताए । ‘सुन आउने रुट चीन, हङकङ र खाडी मुलुकबाट नेपाल आउने र नेपालबाट भारत जाने हो,’ उनले भने, ‘यसमा को संलग्न छ भन्ने सरकारले अनुसन्धान गर्ला तर नेपालीहरु बिचौलियामात्रै हुन् ।’अवैध व्यापार गर्ने चाइनीज र भारतीय व्यापारी तर नेपाली बिचौलियामात्रै भएको कोइरालाको भनाइ थियो । ‘बिचौलियाले कति नै पाउँदो होला ? किलोमा २ लाख बिचौलियाले पाउने गरेको सुनेको तर अवैध व्यापार गर्नेहरुले कति कमाइरहेका होलान् ,’ उनले भने ।कोइरालाले कोशी प्रदेश सरकार गठन गर्न सभामुख बाबुराम गौतमले गरेको हस्ताक्षर सर्वोच्च अदालतको आदेशले गलत ठहर भएको बताए । ‘कांग्रेस लोकतन्त्रवादी पार्टी हो त्यसैले अरु राजनीतिक दललाई पनि लोकतान्त्रिक पद्धतिमा हिँड्न सिकाउनु पर्छ,’ उनले भने, ‘सभामुखले हस्ताक्षर गरेर दिएको गलत थियो भन्ने कुरा सर्वोच्चको आदेशले प्रमाणित भएको छ ।’कोइरालाले अब पुनः उद्धव थापा नै मुख्यमन्त्री बन्ने बताए । ‘कोशी प्रदेशमा अहिले मुख्यमन्त्री उद्धव थापा नै भएकाले उहाँले सात दिनभित्र बहुमत सिद्ध गर्छ,’ उनले भने, ‘सर्वोच्च अदालतको फैसलाअनुसार उद्धव थापा नै मुख्यमन्त्री हो ।’पार्टीको प्रत्येक वर्ष महासमिति बैठक बस्नु पर्ने भएकोले त्यही बेला नीति तथा कार्यक्रम तय गर्ने कुरा भएको कोइरालाले बताए । ‘छुट्टै नीति अधिवेशन बोलाउन सम्भव हुन्छ ? फरक के छ भने नीति अधिवेशन बोलाउँदा कति जनालाई बोलाउने हुन थियो तर महासमिति बैठक भनिसकेकाले हरेक वर्ष त्यो गर्न विधानले तोकेको छ । त्यही समयमा नीति अधिवेशन गर्ने त्यसमा महासमितिको संख्या केही कम हुन्छ,’ उनले भने ।बालकृष्ण खाणमै अहिले धेरै अड्किरहने अवस्था नभएको कोइरालाले बताए । ‘देशमा धेरै घटनाहरु घटिरहेका छन्,’ उनले भने, ‘त्यसैले अब नीति अधिवेशनबाट परराष्ट्र नीति, आर्थिक नीति कस्तो हुने, सुशासनका लागि कसरी जाने, किसानहरुले मल नपाएकाले कसरी उपलब्ध गराउनेलगायतका कुरा महासमिति बैठकसँगै तय हुने नीति तथा कार्यक्रमले गोरेटो लिन्छ ।’सभापति शेरबहादुर देउवाले असोज २ गते केन्द्रीय समिति बैठक बस्ने भनेकाले अब पार्टी विधानअनुसार नै अघि बढ्ने देखिएको कोइरालाले बताए । पार्टीमा वरिष्ठ नेता सभापतिलाई चाहियो भने हुन्छ, चाहिएन भने नहुने र वरिष्ठ नेताको व्यवस्था विधानमा नभएकाले यो विषय उठाइराख्नु आवश्यक नभएको उनले सुनाए ।देवनारायण साह
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles