Friday, January 17, 2025

रामेछापमा ४३ जनाले झुन्डिएर आत्महत्या गरेरामेछाप । रामेछापमा गत वर्षकाे तुलनामा आत्महत्याका घटना अत्यधिक मात्रामा बढेका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएका १८८ वटा घटनामा ५१ वटा घटना आत्महत्याका छन् । गत आर्थिक वर्ष रामेछापमा ४३ जनाले झुन्डिएर र ८ जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए ।जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव उपरीक्षक पराजुलीले भने, ‘जिल्लामा सबै भन्दा चिन्ताको विषय आत्महत्याको घटना बनेको छ, यस्ता घटना हुन नदिनका लागि प्रहरी, स्थानीय सरकारले सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमको पनि प्रभाव राखेन ।’उनका अनुसार रामेछापमा यस अघिको आर्थिक वर्ष २०७८/०७९ मा २६ जनाले झुन्डिएर र १४ जनाले विष सेवन गरी जम्मा ४३ जनाले आत्महत्या गरेका थिए ।रामेछापमा गत २०७९/०८० आर्थिक वर्षमा भवितव्य ज्यानका ३७, अभद्र व्यवहार कसुरका २६, फुटकर ज्यान १५, जबरजस्ती करणीका १२, सवारी ज्यान ५, लिखित सम्बन्धी कसुर ५, ज्यान मार्ने उद्योगका ४, कर्तव्य ज्यानका ४ र जबरजस्ती करणी उद्योगका ३ वटा घटना भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भवितव्य ज्यानका ३६, अभद्र व्यवहार कसुरका २९, फुटकर ज्यानका ११, जबरजस्ती करणीका १७, सवारी ज्यानका ४, लिखित सम्बन्धी कसुरका २, ज्यान मार्ने उद्योगका ७, कर्तव्य ज्यान १ र जबरजस्ती करणी उद्योगका ५ वटा घटना भएका थिए ।विभिन्न अपराधमा संलग्न भएको आरोपमा गत वर्ष १३८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अझै १७ जना आरोपी फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक पराजुलीले बताए ।उनका अनुसार गत वर्ष विभिन्न अपराध कसुरमा अदालतबाट फैसला भई कैद सजाय तोकिएका ४३ जना फरार प्रतिवादीलाई पक्राउन गरी अदालतलाई बुझाएको र यसबाट २९ वर्ष १० महिना कैद सजाय , २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा यस्ता ३० जना अभियुक्तहरू परेका थिए ।नागरिक स्तरमा चेतना बढेका कारण गत आर्थिक वर्षमा जातीय छुवाछुत, बोक्सीको आरोप लगाउनेजस्ता सामाजिक अपराधका घटनाहरू भने एउटा पनि नहुनु राम्रो कुरा भएको उनकाे भनाइ छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles