Saturday, April 19, 2025

समायोजनले सशस्त्र प्रहरीमा व्यापक बढुवा हुदै

ताजा / भरखरै प्राप्त

एसएसपीको बढुवामा निकै प्रतिस्पर्धा
सशस्त्र प्रहरी बलमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खुलेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृह मन्त्रालयसंगको समन्वयमा १ सय ८५ जनाको दरबन्दी थप र अनावश्यक र रिक्त पदहरू समायोजन गर्ने कार्य गरेसंगै अब सशस्त्र प्रहरी बलमा झण्डै ६ हजार जनाको बढुवा हुने भएको छ । वरिष्ठ सईदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १ सय ८५ दरबन्दी थपेको हो । एसएसपीमा मात्रै ११ दरबन्दी सिर्जना गरेको छ, त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ छन् । सशस्त्र प्रहरी गठन भएको लामो समयदेखि दरबन्दी थपका लागि अनेकौं प्रयत्न भए पनि पछि सम्म संभव भएको थिएन । अहिले १ सय ८५ जनाको थप दरबन्दी र निरीक्षक देखि एसएसपी सम्मको पद समायोजन भएको कारण झण्डै ६ हजारको बढुवा प्रक्रिया शुरू भएको छ भने बर्षाै देखि रोकिएको सुचारु भएको छ। सहायक हवल्दार देखि एसएसपी सम्मको बढुवा प्रक्रिया शुरू भएको हो । सशस्त्र प्रहरी मुख्यालयका अनुसार जवानदेखि नायब निरीक्षक (सई) सम्मका केही पद मिलान गरेर एसपीमा ४१, डीएसपीमा २८, इन्स्पेक्टरमा ४७ र वरिष्ठ सईमा ५८ दरबन्दी सिर्जना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृतस्तरमा केही पद थपिएको बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले इन्स्पेक्टरदेखि नायब महानिरीक्षक (डीआईजी) सम्म करिब ४ हजार ५ सय जनशक्तिको नयाँ पद सिर्जना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका थिए । सीमा सुरक्षा, सशस्त्र प्रहरी अस्पताल र अन्य युनिटमा जनशक्ति अभाव रहेकाले नयाँ पद सिर्जना गर्नुपर्ने उनको प्रस्ताव थियो ।गृहले प्रस्ताव गरेअनुसार जनशक्ति थप्न नसकिने भन्दै अर्थले बढुवामा देखिएको गाँठो फुकाउन तल्लो दर्जामा संख्या मिलान गर्ने गरी अधिकृतस्तरमा १ सय २७ र वरिष्ठ सईमा ५८ दरबन्दी थप्न सैद्धान्तिक सहमति दिएको थियो । अर्थको सहमतिपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत साउन ३ मा उक्त दरबन्दी सिर्जना गर्ने गरी प्रस्ताव पेस गरेका थिए ।

अहिले एसपीबाट एसएसपीको बढुवामा निकै प्रतिस्पर्धा देखिएको छ।समायोजन हुनुअघि केवल ४ पद मात्रै रिक्त रहेकोमा विभिन्न आठ पद समायोजन गरेपछि १२ जना एसपीहरू एसएसपी हुने भएका छन् । सशस्त्र प्रहरी मुख्यालयले एसपी पदमा तीन बर्ष पुगेकाहरूलाई फर्म भर्नका लागि आवेदन आव्हान गरेपनि पहिलो समूहका एसपीहरू मात्रै बढुवा हुने हाम्रो समाचारस्रोतको दावी छ। सशस्त्रमा हाल सिनियर समूह भनेको २०७५ चैत १५ गते एसपी भएको समूह हो । यो समूहमा १९ जना रहेका छन् ।दोस्रो समूह भनेको २०७७ जेठ २४ गते एसपी भएकाहरूको समूह रहेको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि पहिलो समूहका छाडेर दोस्रो समूहलाई एसएसपी बनाउने पक्षमा नरहेको स्रोत बताउँछ । १९ जनामा १२ जना बढुवा भए पनि यही समूहबाट अझै ७ जना छुट्ने प्रष्ट नै छ ।एसएसपी बढुवाको लागि सिसं २ का एसपीको समूह बीच चर्को प्रतिस्पर्धा देखिएको छ । सशस्त्र प्रहरीमा रहेका सिस २ का सिनियर एसपीहरूमा क्रमशः राजेश उप्रेती , गंगाराम श्रेष्ठ , भरत खनियां , धुर्व्र बहादुर कार्की , रमेशकुमार पाण्डे , तिर्थ राज पौडेल , रविन राज कर्णजित , बिरसिंह साहु , जनक पुरी , नेत्र बहादुर कार्की , सुर्य बहादुर सेनओली , तेज प्रसाद पोखरेल , यादव विश्वकर्मा , बिकास घिमिरे , टोप बहादुर खनाल , नरेन्द्र बम , अशोक बम , जहरसिंह बुढामगर र बिरेन्द्र ऐर छन् ।साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles