Saturday, April 19, 2025

बीरगंजमा औद्योगिक प्रदुषणले छाला र क्षय कुष्ठ रोगको बिरामीको संख्यामा वृद्धी :-आदर्श वाणी संवाददाता –

ताजा / भरखरै प्राप्त

बीरगंज– उद्योगहरुले प्रदुषण कम गर्न सावधानी नअपनाउदा पर्साको बीरगंज महानगरपालिकामा औद्योगिक प्रदुषणको कारण छाला र क्षयकुष्ट रोगीको संख्या बढेको पाईएको छ ।
उद्योगबाट निस्केको फोहोर, प्रदुषित धुवाधुलोकै कारण छालामा ईन्फेक्सन भएर छालारोगी, स्वास प्रस्वासको समस्या, क्षयकुष्ठ सहितका बिरामीहरु बीरगंज स्वास्थ्य चौकी पिपरामा उपचारको लागी आउने गरेको स्वास्थ्य चौकी प्रमुख सचितानन्द प्रसाद जयसवालले जानकारी दिए ।
बीरगंज महानगरपालिका वडा नं. १४ स्थित रहेको स्वास्थ्य चौकीमा उपचार गराउन आउने बिरामीको चाप अत्याधिक बढेको उनले बताए ।
‘हाम्रो स्वास्थ्य चौकीबाट आर्थिक वर्ष २०७९÷८० मा दिनहु छालामा संक्रमण भएर सरदर ३५ जना बिरामी आउने गरेका छन,’ उनले भने, ‘उनीहरुमा प्रदुषणकै कारण छालामा ईन्फेक्सन भएको पाईएको छ ।’ औद्योगिक प्रदुषकै कारण यस क्षेत्रमा छाला सहित स्वासप्रश्वास र क्षयकुष्ट रोगीको संख्यामा वृद्धी हुदै गएको उनको भनाई छ ।
स्वास्थ्य चौकीले प्रदान गर्दै आएको विभिन्न उपचार सेवाहरु मध्ये सबभन्दा बढी छालाकै समस्या भएर बिरामीहरु आउने गरेको उनले बताए ।
उनका अनुसार, स्वास्थ्य चौकीमा पाचन, स्वास्प्रस्वास, मातृत्व सेवा, खोप सेवा, पोषण सेवा, क्षय तथा कुष्ठरोग सेवा, औलो तथा कालाजार लगायतका समस्या भएर दिनहु सरदर २० जना महिला र ३० जना पुरुष गरी ५० जना भन्दा बढी बिरामीहरु उपचार सेवा लिन आउने गरेको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७९÷०८० मा १४ जना महिला र १८ जना पुरुष गरी ३२ जना नयाँ क्षयरोगी उपचारको लागी स्वास्थ्य चौकी आएको उनले बताए । क्षयरोग भएर उपचारमा रहेका ३३ जना पुराना रोगीहरु उपचार गराई निको भई फर्किसकेको उनले बताए ।
स्वास्थ्य चौकीले नियमित रुपमा संचालन गर्दै आएको बहिरंग विभागबाट दिनहु सरदरमा चिनी, मुटु, दम र क्यान्सरका बिरामी गरी १० जना, छाला सम्बन्धी समस्या भएर ३५ जना, पाचन प्रणालीमा समस्या भएर २० जना, स्वास प्रस्वास प्रणालीमा समस्या भएर ५ जना, पिसाब प्रणालीमा समस्या भएर एक जना बिरामी उपचारको लागी आउने गरेको कार्यालयको तथ्यांकले देखाएको उनले बताए ।
पर्सा जिल्लाको १४ वटै पालिका मध्ये सबभन्दा बढी यही स्वास्थ्य चौकीमा बिरामीको चाप बढी रहने गरेको दाबी स्वास्थ्य चौकी प्रमुख जयसवालले गरे ।
रोग नियन्त्रण कार्यक्रम गरी वर्षै भरी नियमित बहिरंग विभागबाट सेवा प्रदान गरिदै आएको उनले सुनाए । गुणस्तिरिय र विश्वनिय स्वास्थ्य सेवा प्रदान गरिएकै कारण स्वास्थ्य चौकीमा बिरामीको चाप अत्याधिक बढेको उनको भनाई छ ।
बीरगंज महानगपालिका भरी रहेको स्वास्थ्य चौकी मध्ये सबभन्दा बढी बिरामीको चाप रही रहने बीरगंज स्वास्थ्य चौकी पिपरा नै भएको जयसवालले जानकारी दिए ।
स्वास्थ्य चौकीले प्रदान गर्दै आएको सेवाहरु मध्ये कुष्ठरोगको उपचार पनि बढी प्रभावकारी रहेको सेवाग्राहीहरुको भनाई छ ।
आर्थिक वर्ष २०७९÷०८० मा सरुवा कुष्ठरोगबाट बिरामी भई २ जना महिला र ५ जना पुरुष गरी ७ जना बिरामी नियमित उपचारको क्रममा रहेको स्वास्थ्य चौकी प्रमुख जयसवालले बताए । एक जना महिला र ४ जना पुरुष कुष्ठरोगी निको भई स्वास्थ्य चौकीबाट पाउने सरकारी सेवा सुविधा लिएर घर फर्किसकेको उनले बताए ।
बीरगंज महानगरपालिका १८ परवानीपुरकी १८ वर्षिया सविता देवी दास, सोही महानगरपालिका १४ का ३३ वर्षिय प्रेम यादव, ५० वर्षिय नरेश अग्रवाल, जगरनाथपुरका ३७ वर्षिय अम्बिका साह, भवानीपुरका ४५ वर्षिय राजेन्द्र साह उपचार गराई भाडा वापतको २ हजार रुपैयाँ सुविधा लिएर घर फर्की सकेको उनले बताए ।
स्वास्थ्य चौकीको गर्भवती तथा खोप सेवा पनि प्रभावकारी रहेको उनको भनाई छ । नियमित खोप सेवामा स्वास्थ्य चौकीले ६० प्रतिशत लक्ष्य प्राप्ती गरेको उनले बताए ।
साताको बिहिवार दिईने नियमित खोप लगाउन कम्तीमा एक वर्ष मुनीका एक सय देखी एक सय २५ जना बालबालिका स्वास्थ्य चौकीमा आउने गरेको उनले बताए ।
यस्तै सुरक्षित मातृत्व सेवा सातामा ५ दिन संचालन गरिएको र यो सेवा लिन दिनहु ५ जना गर्भवती तथा १० जना गर्भवती स्वास्थ्य चौकीमा आउने गरेको प्रमुख जयसवालको भनाई रहेको छ ।

अघिल्लो सामग्री
समाचार लेख्दा पत्रकार बिरुद्द प्रहरीमा उजुरी दिनु सत्ता उन्माद : प्रेस चौतारी नेपाल

Previous article
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउमोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित भारत अररिया मज्ररक पञ्चायत-१ बौकामज्रक बस्ने ७० वर्षीय भल्लु पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१४ तिनकुने चोक सिर्जनशील टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ घर भएका अर्जुन पुन समेत ३ जनालाई अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ९३ मिलिग्राम र चरेश २८ मिलिग्रामसहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-७ बस्ने २१ वर्षीय भरत बम, सोही ठाउँ बस्ने ३३ वर्षीय बिशाल गुरुङ, भिमदत्त नगरपालिका-१२ बस्ने १८ वर्षीया किशोरी र डडेलधुरा पर्शुराम नगरपालिका-१२ जोगबुढा बस्ने ३१ वर्षीय लक्ष्मण कामी रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्रामसहित बारा निजगढ नगरपालिका-१ पटिहारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङको प्रहरीले बा.प्र०३-००१ ख २७६२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-१४ हवल्दारपुर बस्ने २७ वर्षीय शैलेन्द्र कुमार गुभाजुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन बिश्वकर्मा समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।कैलाली, गोदावरी नगरपालिका-८ स्याउले बजारमा चम्फा ट्याक्टरको पार्टपुर्जाको पसल गरी बस्ने धनगढी उपमहानगरपालिका-५ हसनपुर घर भएका ३२ वर्षीय शरद चौधरी र सोही बजारमा फेन्सी स्टोर पसल गरी बस्ने ३२ वर्षीय मधुसुदन पन्तलाई अवैध लागूऔषध खैरो हेरोइनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चौधरीलाई ६ ग्राम ७ सय ९० मिलिग्राम र पन्तलाई २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-५ सत्कार चोकबाट सोही उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय भरत चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ९० मिलिग्रामसहित बिहीबार राति जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।सिरहा, औरही गाउँपालिका-५ दश गजाबाट अवैध लागूऔषध गाँजा करिब १२ किलो बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको एक जना अपरिचित व्यक्तिले झोला फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त गाँजा फेला पारेको हो ।सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles