Saturday, November 2, 2024

एक सदस्यका कारण पेचिलो बनिरहेको कोशी प्रदेश सरकार गठनका लागि कसरी बहुमत पुर्याउने भन्ने बारे केन्द्रमा चरण चरणमा छलफल राखिएका छन् । तर, आज बिहानसम्म कुनै निष्कर्ष आएको छैन । सामूहिक छलफलपछि गठबन्धनका चार दलको बैठक पनि डाकिएको छ । आइतबार बिहान काठमाडौंमा उपलब्ध कोशी प्रदेशका नेताहरूसँग बालुवाटारमा छलफल भएको थियो ।

ताजा / भरखरै प्राप्त

कोशी सरकार गठनकै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको छ । ओलीले एमालेको नेतृत्वलाई सघाउन माओवादीसँग आग्रह गरेका छन् । ओलीसँगको छलफल र बिहान भएको छलफललाई केन्द्रमा राखेर फेरी आजै चार दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेका छन् । यही साउन १७ गतेभित्र दाबी पेस गर्न समय दिइएको छ । त्यसका लागि बहुमत संख्या पुर्याउन दलहरू सक्रिय भएका हुन् । शनिबार पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

आज बिहान नौ बजे पुनः कोशी प्रदेशका नेताहरूसँग छलफल भएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफलका लागि नेताहरूले काठमाडौंमा बोलाएकाले आएको बताए । सत्ता गठबन्धनका नेताहरूले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । तर सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत ४७ प्रदेश सभा सदस्यको समर्थन पुगेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धनबीच तीन विकल्पमा छलफल भइरहेको छ ।

पहिलो विकल्प संसदको ठूलो दलको हैसियतमा नयाँ सरकार बनाउने हो । कोशीमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले उसको नेतृत्वमा सरकार गठन हुन नदिन कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन प्रयासरत छन् । एमाले पनि प्रयासरत छ । दोस्रो विकल्पको रुपमा उनीहरूले सरकार गठनमा निर्णायक देखिएको राप्रपाको साथ खोजेका छन् ।

राप्रपाले अहिलेसम्म वचन दिएको छैन । राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विभिन्न दलहरूसँग छलफल भइरहेको तर अन्तिम टुंगोमा नपुगेको बताए । राप्रपा सत्ता गठबन्धनमा आउन सहमत नभए सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने सत्ता गठबन्धनका नेताहरूको तयारी छ । तर, सभामुख गौतमले राजीनामा दिएर संख्या पुर्याउदा पनि फेरी सभामुख चयन भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ । यसैले राप्रपा मनाउन गठबन्धन लागिरहेको छ ।

गठबन्धन दललाई राप्रपाले साथ दिए सहज ढंगले सरकार बन्न सक्छ । तर, केन्द्रीयस्तरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भएको छलफलमा समेत सो विषयमा सकारात्मक जवाफ नदिइएको बताइएको छ । राप्रपाले सभामुख खोजिरहेको बताइएको छ । राप्रपालाई सभामुख दिएको खण्डमा गठबन्धनको कोशी सरकार बलियो बन्छ । तर, अहिलेसम्म यसमा पनि सहमति भएको छैन ।

Previous article
पेस्तोल र पाँच राउण्ड गोलीसहित सिरहाको सुखिपुरबाट दुईजना पक्राउ:-सिरहा। सिरहा प्रहरीले सुखिपुरबाट अवैध पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित दुई जनालाई आज शनिवार अपरान्ह नियन्त्रणमा लिएका छन्।प्रहरीले सुखिपुर नपा ४ गोडिअर्वाबाट सिरहाकै औरही गाउँ पालिका २ बननियाँका २४ वर्षिय कम्रउदिन राइन र १८ वर्षिय चन्दन कुमार सदायलाई होममेड सेमीअटोमेटीक पेस्तोल एक थान र त्यसमा लाग्ने पाँच राउण्ड गोलि सहित दुवैजनालाई नियन्त्रणमा लिएका हुन्।प्रहरी चौकी सिलौरवापछुवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्वरको भारतीय मोटरसाइकललाई शंकालागि चेक जाच गर्दा मोटरसाइकलको सिट मुनिबाट पेस्टोल र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रबिन्द्र राज पाण्डेले जानकारी दिए।पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles