Monday, June 30, 2025

दुई पांग्रेमा डबल हेलमेट :सुरुमा आफ्ना कर्मचारीलाई अनिवार्य गर्दै प्रहरीले थाल्यो कार्यान्वयन

ताजा / भरखरै प्राप्त

काठमाडौं। मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्नेले पनि हेलमेट लगाउनैपर्ने झन्झटिलो नियम अब प्रहरीले घुमाउरो पाराले कार्यान्वयनमा ल्याउने भएको छ। सुरुमा आफ्नै कर्मचारीलाई अनिवार्य गरेर सर्वसाधारणलाई बाध्य पार्ने रणनीति बनाएको हो।दुई पांग्रे साधनमा सवार दुवै जनाले हेलमेट लगाउनैपर्ने नियम व्यवहारिक नहुने भन्दै जनस्तरबाट बेला बेला विरोध हुँदै आएको छ। त्यसैले बिगतमा एकपटक अनिवार्य गरेर पनि विरोध सामना गर्न गाह्रो परेपछि सरकार नै यो नियम अनिवार्य गर्नबाट पछाडि हटेको थियो।
अब प्रहरीका मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार दुवैजनालाई हेलमेट अनिवार्यको नियम कार्यान्वयनका लागि आफ्नै संगठनबाट सुरुवात गरिएको हो।
‘हामीले हाम्रो स्टाफहरुको बाइक तथा स्कुटरमा पछाडि बस्नेका लागि हेलमेट अनिवार्य गरेका छौं,’ उनले भने, ‘यो आगामी दिनमा सबैका लागि हेलमेट अनिवार्य हुन्छ। यो सुरक्षाको हिसाबले आवश्यकता हो।’यातायात व्यवस्था ऐन-२०४९ लाई कार्यान्वयनमा लैजाने क्रममा अहिलेलाई प्रहरीका सबै संयन्त्रमा अनिवार्य रुपमा डबल हेलमेट कार्यान्वयनमा ल्याइएको उनले दाबी गरे। एकैपटक सबैलाई अनिवार्य गर्दा यो अव्यवहारिक भन्दै विरोध आउने आकलन गरेर प्रहरीले घुमाउरो बाटो अपनाएको हो।शुक्रबार उपत्यकामा नासा फाउन्डेसनद्वारा दुई पाङ्ग्रे सवारी साधनको सवारी सुरक्षासम्बन्धि अन्तर्क्रिया कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले प्रहरी प्रधान कार्यालयले देशैभरिका प्रहरी कार्यालय र युनिटहरूलाई परिपत्र गरेर डबल हेलमेटको व्यवस्थालाई कार्यान्वयनमा ल्याइसकिएको बताएकी थिइन।
नेपाल प्रहरीका ७७ हजार, सेनाका ८६ हजार, सशस्त्र प्रहरी बलका ३५ हजार ५ सय, निजामती कर्मचारी ९६ सहितका करिब ३ लाख सरकारी सेवामा रहेकाहरूबाट मात्रै भए पनि अहिलेका लागि डबल हेलमेटको व्यवस्था कार्यान्वयनमा ल्याउन सके सडक सुरक्षामा ठूलो योगदान पुग्ने चौधरीको जिकिर थियो।यस विषयमा केही वर्ष अघिदेखि नै सम्बन्धित निकायहरुबीच छलफल चलिरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि डबल हेलमेटको नियम कसरी कार्यन्वयनमा ल्याउने भन्ने बारेमा छलफलको विषय भएको छ। तर, जनस्तरबाट आउने सम्भावित प्रतिक्रियालाई ध्यानमा राख्दै जनप्रतिनिधि चुपचाप छन्। साभार।

Previous article
Next article
मोटो रकम बुझेर राँंगाभैंसीको तस्करीसशस्त्रका प्रसौनीभाठाका इन्स्पेक्टर थापा गणमा तानिएवीरगन्ज । राँंगाभैंसीको तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा शुक्रवार गणमा तानिएका छन् । गणमा तानिएका इन्स्पेक्टरलाई कारबाही नगरी उन्मुक्ति दिने चलखेल भएको छ ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा शुक्रवार बिहान गणमा तानिएका थिए । तर प्रारम्भिक छानबिनका क्रममा इन्स्पेक्टर घटनामा संलग्न नदेखिएको भन्दै पुनः बिओपी फर्काउन चलखेल भएको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टका इन्स्पेक्टरले पर्साका तस्कर नौसाद को ठूलो संख्याको राँंगाभैंसी गणको टोलीले नियन्त्रणमा लिएपछि इन्स्पेक्टर थापा गणमा तानिएका हुन ।प्रसौनीभाठा नाकाबाट राँंगाभैंसी तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल गण नं १३ वीरगन्ज पर्साबाट खटिएको टोलीले बिन्दबासिनी गाउँपालिका- ५ स्थित हासवाबाट साउन ११ गते २६ वटा राँंगाभैंसी बरामद गरेको थियो।सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले घटनाका बारेमा डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् ।छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै एसपी थपलियाले भने, प्रतिवेदन आएपछि दोषी देखिए उनीमाथि कारबाही हुन्छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles