Tuesday, January 21, 2025

पहिरो खस्दा रुकुममा २ जनाको मृत्युरुकुम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।बाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरोको ढिस्को खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृत्यु हुनेमा बाँफिकोट- ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षिय कालीबहादुर खड्का रहेकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार उनीहरु करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेका थिए । आइतबार दिउँसो पौने तीन बजे बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका बेला पहिरो ढिस्को खसेको थियो ।पहिरोमा परि एक जना घाइते भएका छन् । घाइते हुनेमा बाँफिकोट ७ कै ४२ वर्षिया बलकुमारी खत्री रहेका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
राँंगाभैंसीको तस्करीसशस्त्रका प्रसौनीभाठाका इन्स्पेक्टर थापा गणमा तानिएवीरगन्ज । राँंगाभैंसीको तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा शुक्रवार गणमा तानिएका छन् । गणमा तानिएकासशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा शुक्रवार बिहान गणमा तानिएका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टका इन्स्पेक्टरले पर्साका तस्कर नौसाद को ठूलो संख्याको राँंगाभैंसी गणको टोलीले नियन्त्रणमा लिएपछि इन्स्पेक्टर थापा गणमा तानिएका हुन ।प्रसौनीभाठा नाकाबाट राँंगाभैंसी तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल गण नं १३ वीरगन्ज पर्साबाट खटिएको टोलीले बिन्दबासिनी गाउँपालिका- ५ स्थित हासवाबाट साउन ११ गते २६ वटा राँंगाभैंसी बरामद गरेको थियो।सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले घटनाका बारेमा डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् ।छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै एसपी थपलियाले भने, प्रतिवेदन आएपछि दोषी देखिए उनीमाथि कारबाही हुन्छ ।
Next article
दिनदहाडै सिक्री चोरेर भाग्ने गिरोहलाई पक्राउविराटनगर । मोरङ प्रहरीले दिनदहाडै सिक्री चोरेर भाग्ने गिरोहलाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरबाट एक बालकसहित पर्साका तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका-६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक छन् ।शनिबार बेलुका सुलकपुरस्थित बजारमा तरकारी किन्दै गरेकी सुन्दरहरैँचा-९ की निर्मला राईको घाँटीबाट विशालले सिक्री चोरेका थिए ।बजारमा सिक्री चोरेर भागेका उनलाई स्थानीयले पक्रिएर प्रहरीको जिम्मा लगाए । तर, उनको साथमा सिक्री भेटिएन् । बजारमा उनको नजिकै रहेका १० वर्षीय बालकको साथबाट सिक्री भेटियो । बालक बिशाल र उमेश चोरी हुनुअघि सँगै थिए ।विशालले सिक्री चोर्नासाथ १० वर्षीय बालकलाई थमाइदिएर भागेको प्रहरीले बताएको छ । प्रहरीले बालकको साथबाट सिक्री बरामद गरेपछि उनीसँगै रहेका उमेशलाई पनि नियन्त्रणमा लियो ।प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जना पर्साबाट योजनावरुद्ध रुपमा चोरीका लागि आएको देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।‘बालकलाई प्रयोग गर्नुले सिक्री चोर्नका लागि योजनावरुद्ध रुपमा आएको देखिन्छ,’ उनले भने, ‘यसअघि विराटनगरमा पनि सिक्री चोरीको घटनामा बालकको प्रयोग भएको थियो ।’बालकलाई शंका नगर्ने र सजाय पनि कम हुने भएकाले यसरी प्रयोग गरेको देखिएको उनले बताए । ‘कानुनको छिद्र प्रयोग गर्दै बालकलाई यस्तो घटनामा संलग्न गराएको देखिन्छ,’ उनले भने ।सिक्री चोरेको आरोपमा पक्राउ परेकाहरु होटलमा बस्ने र गाडीमा हिड्ने गरेको देखिएको प्रहरीले बताएको छ । अन्य चोरीको घटनामा पनि संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles