Friday, July 4, 2025

माधव नेपाल स्वदेश फिर्ता

ताजा / भरखरै प्राप्त

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वदेश फिर्ता भएका छन् । विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्किएका हुन् । त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका उनले कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरे । बैठकमा सहभागी भएर उनी मलेसिया र सिङ्गापुरको भ्रमणमा थिए । करिब एक साताको भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गरेका थिए ।

Previous article
Next article
सशस्त्र प्रहरीले स्याउसहित नियन्त्रणमालिएको ट्रक भन्सारमा बुझाएसिरहा। सशस्त्र प्रहरीले अवैधरुपमा भारत लैजादै गरेको एक सय ३५ कार्टुन स्याउ सहित मिनि ट्रक नियन्त्रणमा लिएको छ।स. १ ख ६०० नम्वरको ट्रकमा लोडगरी नेपालबाट भारतर्फ लादै गरेको बिल बिजक नभएको अवैध एक सय ३४ कार्टुन स्याउ र ट्रक भारनीय सीमानजीक नवराजपुर ५ बाट विहिवार विहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।नजराजपुर ५ देवनर र झाँझपट्टी विचको कृषिसडक हुदै भारत तर्फ लगिरहेको अवस्था सशस्त्र प्रहरी बल नेपालको चेकपाइन्ट टोलिले चेकजाँचको क्रममा ट्रक सहित स्याउ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ठाडी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका प्रमुख एसपी प्रमोद कुमार भारतीले जानकारी दिए। ट्रकका चालक भने फरार रहेका छन्।तेस्रो मुलुकबाट आएका श्याउ, सुपाडी, मरिच, केराउ लगाएतका सामाग्रि अवैधरुपमा नेपाल हुँदै भारत भित्रिने गरेको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles