Tuesday, January 21, 2025

विराटनगर भन्सार कार्यालयमा भन्सार अधिकृत भएर कार्यरत रहेकै समयमा सरकारी सेवाबाट सेवा निवृत्त बनेका कर्मचारीको अगुवाईमा नै राष्ट्रिय भन्सार एजेन्ट परिषद गठन भएको छ ।एक महिना अगाडि मात्रै विराटनगर भन्सारमा रहेको भन्सार एजेन्ट महासंघको अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति निर्वाचित भएपछि उक्त भन्सार एजेन्ट महासंघ नेपाललाई चुनौती दिने गरी भन्सार एजेन्ट परिषदको नामबाट अर्को समानान्तर समिति गठन गरिएको हो ।

ताजा / भरखरै प्राप्त

भन्सार एजेन्ट महासंघले भन्सार प्रतिनिधिको व्यवस्था खारेजी गरी नयाँ भन्सार एजेन्ट व्यवस्था नियमावलीको स्वागत गरेपछि भन्सार एजेन्ट परिषदले केही भन्सार एजेन्ट र तिनै भन्सार प्रतिनिधिहरूलाई समेटेर राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालको नाममा विराटनगर ईकाई समितिको गठन गरेको हो ।

उक्त समिति निर्माण गर्नका लागि विराटनगर भन्सारको भन्सार अधिकृतबाट एक वर्ष अगाडि मात्रै सेवा निवृत्त भएका गोपी कृष्ण उप्रेतीले महत्वपूर्ण भुमिका खेलेको भनाई विराटनगर भन्सारका एक भन्सार एजेन्टको छ । सरकारी सेवाबाट सेवा निवृत्त भएपछि तत्कालीन विराटनगर भन्सारका भन्सार अधिकृत गोपी कृष्ण उप्रेतीले भन्सार एजेन्ट परीक्षा पास गरि विराटनगर भन्सारलाई नै कार्यक्षेत्र बनाएर भन्सार एजेन्ट नियुक्ति भएपछि उनले आफ्नो राजनीति यात्रा सुरु गरेका हुन ।

पछिल्लो समय विराटनगर भन्सारको भन्सार एजेन्ट भएका उप्रेतीले भन्सार विभागबाट आफूले पाएको भन्सार जाँचपासको युजर आईडी भन्सार प्रतिनिधि राकेश ठाकुरलाई निश्चित रकम मासिक लिएर बिक्री गरेको समाचार स्रोतको भनाई छ । उप्रेतीको नाममा भन्सार विभागबाट प्राप्त युजर आईडीबाट यसअघि भन्सार प्रतिनिधि रहेका राकेश ठाकुरले भन्सार जाँचपास गर्दै आएको दावी समेत समाचार स्रोतले गरेको छ ।

हालसालै गठन भएको राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालको केन्द्रीय अध्यक्षमा भोलानाथ अर्याल तथा महासचिव समीर राज विष्टको उपस्थितिमा परिषदको विराटनगर ईकाई समितिको घोषणा गरिएको हो । परिषदले विराटनगरमा विराटनगर भन्सार ईकाई समितिको नाममा प्रथम अधिवेशन गरेर १५ सदस्यीय विराटनगर ईकाई समिति र १३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

भन्सार एजेन्ट सुरेश अग्रवाललाई विराटनगर ईकाई समितिको अध्यक्ष, भन्सार एजेन्ट कृष्ण बहादुर थापालाई वरिष्ठ उपाध्यक्ष, भन्सार प्रतिनिधि नवलप्रसाद उपाध्यायलाई उपाध्यक्ष, दयानन्द मण्डललाई सचिव, सुदर्शन दाहाललाई सहसचिव र विनोद पोद्धारलाई कोषाध्यक्षमा राखिएको छ ।

त्यसै गरी हरिप्रसाद ठाकुर, किशोर बहादुर शाही, अरुण खेतान, सुरेश बोहरा, संजय दुगड, राकेश ठाकुर, अरविन्द ठाकुर, विरेन्द्र धाडेवा र उदय भट्टराईलाई ईकाई समितिको सदस्य र भरतराज भट्टराई, स्वयं भन्सार अधिकृतबाट सेवा निवृत्त बनेका गोपीकृष्ण उप्रेती, गिरीश कोइराला, ललित बोहरा, गोपाल ढकाल, रतन लालवानी, राम भरोसे प्रसाद गुप्ता, अरुण बियानी, प्रहलाद बस्नेत, शरण (सन्तोष) खरेल, राजु खरेल र राजेश साह ईकाई समितिमा सल्लाहकार रहने घोषणा गरिएको छ ।

तर नेपाल सरकारले भन्सार कार्यालयमा भन्सार प्रतिनिधि नराख्ने निर्णय गरेको जान्दा जान्दै सरकारी सेवाबाट सेवा निवृत्त गोपी कृष्ण उप्रेतीले तिनै भन्सार प्रतिनिधिलाई समेटेर नयाँ भन्सार एजेन्ट परिषद गठन गराएकोमा विराटनगर भन्सारले आश्चर्य जनाएको थियो ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
हिरासतमा लिइएका चिनियाँ नागरिक लिनले लाजिम्पाटस्थित भाडामा लिएको घरमा राजश्वकाे छापा
हिरासतमा लिइएका चिनियाँ नागरिक लिनले लाजिम्पाटस्थित भाडामा लिएको घरमा राजश्वकाे छापा
साउन ११, २०८० बिहिबार

गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात
गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात
साउन ११, २०८० बिहिबार

अन्तशुल्क कर नबुझाउने तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का
अन्तशुल्क कर नबुझाउने तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का
साउन ११, २०८० बिहिबार

नेपालबहस ट्रेन्डिङ
ओमनिया क्लब घटना: ‘इन्काउण्टर’बाट बाँचेका गुण्डा नाईके सानुभाई
ओमनिया क्लब घटना: ‘इन्काउण्टर’बाट बाँचेका गुण्डा नाईके सानुभाई
नेपालबहस संवाददाता

साउन ११, २०८० बिहिबार

नेपाल प्रहरीमा २ सय ८६ जना प्रहरी कर्मचारीहरू बढुवामा सिफारिस
नेपाल प्रहरीमा २ सय ८६ जना प्रहरी कर्मचारीहरू बढुवामा सिफारिस
नेपालबहस संवाददाता

साउन १२, २०८० शुक्रबार

सिटिजन्स बैंकको लोभलाग्दो रिपोर्ट सार्वजनिक, कसरी भयो सम्भव ?
सिटिजन्स बैंकको लोभलाग्दो रिपोर्ट सार्वजनिक, कसरी भयो सम्भव ?
नेपालबहस संवाददाता

साउन १२, २०८० शुक्रबार

प्रत्यक्ष प्रसारणमार्फत बरामद सुन गाल्ने विभागको तयारी
प्रत्यक्ष प्रसारणमार्फत बरामद सुन गाल्ने विभागको तयारी
नेपालबहस संवाददाता

साउन ११, २०८० बिहिबार

लोकप्रिय
हामीले बाघ पाल्ने कि, बाघले हामीलाई पाल्ने ?

हामीले बाघ पाल्ने कि, बाघले हामीलाई पाल्ने ?
साउन १३, २०८० शनिबार

भन्सार अधिकृत नै भन्सार एजेन्ट ! समानान्तर भन्सार एजेन्ट परिषद गठन

भन्सार अधिकृत नै भन्सार एजेन्ट ! समानान्तर भन्सार एजेन्ट परिषद गठन
साउन १३, २०८० शनिबार

गौतमलाई राजीनामा दिन लगाएर ४७ पुर्याउने र राप्रपालाई सभामुख दिएर सरकार टिकाउने रणनीति

गौतमलाई राजीनामा दिन लगाएर ४७ पुर्याउने र राप्रपालाई सभामुख दिएर सरकार टिकाउने रणनीति
साउन १३, २०८० शनिबार

छुटाउनुभयो कि?

logo
Nepalbahas.com – Investigative Journalism Department of Information & Broadcasting

130/073/074

Bakhundole-3, Lalitpur, Nepal

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles