चोरीपैठारीको सामान बरामद
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट साउन १० गते सशस्त्र प्रहरीले करीव १ लाख ४२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।भारतबाट अवैध रुपले ६ वटा साईकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स, लत्ताकपडा, मोवाईल पार्ट्स र डिजिटल घडी प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।बरामद सामान तथा साईकल बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
लत्ताकपडा सहित अटो रिक्सा नियन्त्रणमा
रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका १ सेमरपानी ईलाकाबाट साउन ११ गते सशस्त्र प्रहरीले करीव ४ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा सहित एउटा अटो रिक्सा नियन्त्रणमा लिएको छ ।भारतबाट अवैध रुपले लु १ ह ३५३९ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले
नियन्त्रणमा लिएको हो । लत्ताकपडा ल्याउँदै गरेका व्यक्ति तथा अटो चालक
भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै लत्ताकपडा र अटो रिक्सा छाडी
फरार भएका थिए ।बरामद लत्ताकपडा तथा अटो रिक्सा भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट करीब २ लाख ३
हजार ६ सय रुपैयाँ बराबरको सामानसहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले
साउन ८ गते नियन्त्रणमा लिएको छ ।ना ३४ प १८६८ नम्बरको मोटरसाइलकमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको हार्डवेयर सामान र लत्ताकपडा
प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।बरामद सामान तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।