Monday, February 17, 2025

प्रहरीका तल्लो तहका कर्मचारी अर्थमन्त्रीसँग रुष्ट

ताजा / भरखरै प्राप्त

सुन तस्करी प्रकरणमा आफ्नै पार्टीबाट समेत आलोचना खेपिरहेका अर्थमन्त्री डा.प्रकाशरण महतसँग प्रहरी कर्मचारी रुष्ट बनेका छन् । प्रहरीको पीडा नबझुेको भन्दै प्रहरीका तल्लो तहका कर्मचारीले उनको आलोचना गरेका छन् ।पेन्सनको न्यूनतम अवधि घटाउने प्रहरीको प्रस्ताव असफल पारेपछि प्रहरीहरु उनीसँग रिसाएका हुन् । प्रहरीको प्रस्तावअनुसार गृह मन्त्रालयले हवल्दारसम्म १६ वर्ष तथा असइ, सइ र बरिष्ठ सइलाई १८ वर्षमा पेन्सन दिने प्रस्ताव अघि बढाएको थियो । तर, यसले राज्यलाई आर्थिक भार बढ्ने भन्दै अर्थले सहमति दिन अस्वीकार गरेको छ ।

१६ र १८ वर्षमा पेन्सनसहितको अवकाश दिने भएपनि पेन्सन भने २० वर्ष अवधि पुगेपछि मात्र दिने गृह मन्त्रालयको प्रस्ताव थियो । नेपाली सेनामा यो मोडल तीन वर्षअघि नै लागू भइसकेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सेनामा जस्तै प्रावधान लागू गर्न लबिइङ गर्दै आएका छन् । तर, सधैं अर्थ मन्त्रालयले अवरोध गर्दै आएको छ ।यसरी अवकाश दिदा उनीहरुको औषधीउपचार लगायत सुविधामा अरबौं एकैपटक खर्च हुने भन्दै अर्थले यसमा सहमति नदिएको स्रोत बताउँछ । यसले हजारौं प्रहरी कर्मचारी निरास बनेका छन् ।अर्थमन्त्रीले तल्लो तहका प्रहरीको पीडा नबुझेको उनीहरुको गुनासो छ । १६ वर्षमै अवकाश पाउँदा अर्काे काममा सेटल हुन पाउने तर २० वर्षपछि ४० वर्ष पुग्ने भएकाले विदेश जान पनि प्रहरीलाई समस्या हुने गरेको छ । सोही कारण प्रहरी नेतृत्वले पनि समस्या बुझाएर १६ वर्षे पेन्सन लागू गर्न सहमत भएको थियो ।
अर्थ मन्त्रालयले ३० वर्षे सेवाहद हटाउन भने सहमत भएको छ । सेवाहद हटाउँदा राज्यको खर्च जोगिने भएकाले यसमा सहमत भएको हो । सेवाहदका कारण छिटो प्रहरी कर्मचारीले अवकाश पाउने र तलब तथा पेन्सन दुवैमा खर्च हुने अवस्था छ ।सेवाहद हटाउन संगठन पनि बलियो हुने र खर्च पनि कम हुने देखेपछि उसले केही सर्त राखेर सेवाहद हटाउन गृह मन्त्रालयलाई सहमति दिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने जसरी पनि सेवाहद हटाउने र पेन्सन अवधि १६ वर्षेमा झार्ने विषय कार्यान्वायनमा ल्याउने बताउँदै आएका छन् ।

Previous article
Next article
बालुवाटारमा डोजरसहित आन्दोलनमा उत्रिए निर्माण व्यवसायीहरुनिर्माण व्यवसायीहरुले आज (मंगलबार) बिहान डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् ।उक्त विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पुष्टि गरे।निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउन उनले माग गरे ।उनीहरुले आज सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित आन्दोलन गरेका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles