Friday, January 17, 2025

प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन गर्नुपर्छ – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

ताजा / भरखरै प्राप्त

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रविधिको विकाससँगै अपराध लगायतका विभिन्न गतिविधिहरूमा परिवर्तन आएकोले प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य तथा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, प्रदेश समन्यव विभागका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले कार्य सम्पादन सम्झौतामा सिर्जनशील तथा प्रवर्धनात्मक कार्यक्रमहरू समावेश गरिएको हुँदा सम्पूर्ण प्रहरी कार्यालयहरूले आफ्नो कार्यशैलीमा सिर्जनशिलता देखाउँदै कार्यसम्पदान सम्झौताको उद्देश्य प्राप्तिका लागि दत्तचित भएर काम गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले रूपान्तरणको नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको अवस्थामा यो अवसरलाई सदुपयोग गर्दै प्रत्येक प्रहरी कर्मचारीहरुले सकारात्मक भई प्रहरी कार्यमा सुशासन कायम गर्ने, आन्तरिक शुद्धिकरण गर्ने, नागरिकमैत्री बन्ने र पूर्णव्यावसायिक बन्दै निष्ठामा रहेर प्रहरीको छवि सुधार्ने काम गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्दै दुई आर्थिक वर्षको लागि तयार पारिएको नेपाल प्रहरी कार्ययोजना-२०८० स्वीकृत भएपश्चात वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Previous article
Next article
हराएका २१ वटा सवारीसाधन फिर्ताकाठमाडाैँ । विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीधनीलाई हस्तान्तरण गरेको छ ।रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । यो सँगै साउन महिनामा २९ वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।यस्तै, चोरीको मोटरसाइकलसहित साउन १२ गते काठमाडौंको तारकेश्वर नगरपालिका–५ गुम्बाबाट नियन्त्रणमा आएका एक जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।सवारीसाधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ ।सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles