Sunday, April 20, 2025

भारतले पेट्रोलियम पदार्थको मूल्य बढेको सूचीमा पठाएको छ । नेपाल आयल निगम (एनओसी)का अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ सूचीमा मूल्य बढेर आएको हो ।

ताजा / भरखरै प्राप्त

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर साढे ८ रुपैयाँ र डिजलमा ७ रुपैयाँ ६१ पैसा र मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । भारतले अंग्रेजीको हरेक महिना १ र १६ तारिखमा पेट्रोलियम पर्दाथ र ग्यासको मूल्य समायोजन गरी सूची पठाउने गरेको छ ।

खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटेर आएको छ । पेट्रोलियम पदार्थ र ग्यास आयातमा भारत मात्र माध्यम रहेको नेपालका लागि आईओसीबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गर्दै आइरहेको छ ।

अब निगमले यो पटक पेट्रोलको मूल्य प्रतिलिटर ९ देखि १० रुपैयाँसम्म बढ्ने र ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाउने तयारी थालेको स्रोतको दाबी छ ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles