Tuesday, January 21, 2025

माओवादी पनि कांग्रेसकै बाटोमा, पार्टी बैठकको ‘लाइभ’ गर्ने

ताजा / भरखरै प्राप्त

नेकपा माओवादी केन्द्रले पनि पार्टी केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो । पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि साउन १७ गते केन्द्रीय समिति बैठक बस्दैछ । बैठक पाँच दिनसम्म चलाइने निर्णय समेत बैठकले गरेको छ । यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो । मओवादीले पनि पार्टी भित्रका गतिविधिलाई पूर्ण पारदर्शी बनाउन यस्तो निर्णय गरेको हो ।साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles