नक्कली शरहणार्थी प्रकरणमा थुनामा रहेका नेताहरु उच्च अदालत पाटन पुगेका छन् ।आफूहरुलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गलत भएको भन्दै टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, आङटावा शेर्पा, केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु पाटन अदालत पुगेका हुन् ।उनीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ । यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।

